बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश १ बाट कांग्रेस सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यमा तीन दर्जन आकांक्षी

प्रदेश १ बाट कांग्रेस सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यमा तीन दर्जन आकांक्षी

मोरङबाट राजनीति गर्दै आएका शेखर कोइराला संस्थापन इतर समूहबाट सभापतिमा दावी गर्दै आएका छन्।
 |  शुक्रबार, मंसिर २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २४, २०७८

विराटनगर- नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबारदेखि काठमाण्डौंमा सुरु हुँदैछ। प्रदेश १ बाट सभापतिसहित आधा दर्जन नेताहरु पदाधिकारीको आकांक्षी देखिएका छन्। 

मोरङबाट राजनीति गर्दै आएका शेखर कोइराला संस्थापन इतर समूहबाट सभापतिमा दावी गर्दै आएका छन्। यद्यपी इतर समूहले सभापतिको उम्मेदवार तय गर्न सकेको छैन। संस्थापन इतर समूहबाटै उपसभापतिमा महेश आचार्य, बलबहादुर केसी, महामन्त्रीमा डा. मिनेन्द्र रिजालले उम्मेदवारी घोषणा गरेका छन्। संस्थापन समूहबाट उपसभापतिमा विजयकुमार गच्छदार, महामन्त्रीमा विश्वप्रकाश शर्मा, सह‒महामन्त्रीमा डा. डिला संग्रौला, मीन विश्वकर्मा, भीष्मराज आङदम्वेले उम्मेदवारी घोषणा गरेर मत माग्न सुरु गरिसकेका छन्।

संस्थापनका ज्ञानेन्द्रबहादुर कार्की, अमृत अर्याल र हसन अन्सारीले पनि केन्द्रीय सदस्यमा उठ्ने घोषणा गरिसकेका छन्। विराटनगर महानगरपालिकाका भीम पराजुलीले केन्द्रीय सदस्यमा उमेदवारी घोषणा गरिसकेका छन्। पराजुलीले सिटौला समूहबाट उम्मेदवार बन्न लागेका हुन।  डा. शेखर कोइराला नजिक मानिएमा उनी अहिले सिटौला समूहमा सक्रिय छन्।

कोइराला समूहबाट प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की पनि केन्द्रीय सदस्यको दाबी गरिरहेका छन्। विराटनगरकी उपप्रमुख ईन्दिरा कार्की खस आर्य कोटाबाट केन्द्रीय सदस्यमा उठ्ने घोषणा गरेकी छन्। महिला मधेशी कोटामा मोरङकी पुनम सिंहले उम्मेदवारी दिने भएकी छन्। मोरङबाट केन्द्रीय सदस्यमा पवन सारडा, जनार्दन निरौला र शोभा पालुङ्वा पनि आकांक्षी देखिएका छन्। 

केन्द्रीय सदस्यमा सुनसरीबाट प्रदेश १ कांग्रेस संसदीय दलका नेता राजिव कोइराला, सीताराम मेहता, राजिव ढुंगाना, तेर्हथुमबाट तुलसी सुब्बा, सीता गुरुङ, धनकुटाबाट आनन्द सन्तोषी राई, संखुवासभाबाट तारामान गुरुङ, ओखलढुङ्गाबाट रामहरि खतिवडा, प्रदीपकुमार सुनुवार, गोमा केसी, बाला अधिकारी, सोलुखुम्बुबाट प्रकाशसिंह कार्की, आंगेलु शेर्पा, उदयपुरबाट प्रमिला राई, लक्ष्मी परियारले प्रदेश १ बाट दाबेदारी प्रस्तुत गरेका छन्। केन्द्रीय सदस्यमा नेताहरुको उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ।

प्रकाशित: Dec 10, 2021| 07:06 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...