बिहीबार, भदौ ४, २०८३

कांग्रेस महाधिवेशनमा सहभागी हुन चार भारतीय नेता काठमाडौंमा

नेपाली कांग्रेसको महाधिवेशनमा भाग लिनका लागि भारतबाट चारजना नेता नेपाल आइपुगेका छन्।
 |  शुक्रबार, मंसिर २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २४, २०७८

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा भाग लिनका लागि भारतबाट चारजना नेता नेपाल आइपुगेका छन्। 

शुक्रबारबाट सुरु हुने कांग्रेसको १४ औं महाधिवेशनमा भाग लिनका लागि छिमेकी मुलुक भारतबाट चार नेता शुक्रबार काठमाडौं आइपुगेका हुन्।  

कांग्रेसका सहमहामन्त्री एवं महाधिवेशनका लागि विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समितिका संयोजक प्रकाशशरण महतले भारतबाट चार जना नेताहरू काठमाडौं आइपुगेको जानकारी दिए। उनका अनुसार भारतीय जनता पार्टी(भाजपा) नेता हर्ष बर्धन र तृणमूल कंग्रेस नेता मुकुल रोयसहित ४ जना नेताहरू काठमाडौं आइपुगेका हुन्।

अन्य देशका प्रतिनिधिहरुलाई समेत निम्ता गरिएको भए पनि कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको त्रासका कारण धेरै देशबाट प्रतिनिधि नआउने भएका छन्। 

प्रकाशित: Dec 10, 2021| 06:30 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...