बिहीबार, भदौ ४, २०८३

प्रकाशमानलाई फकाउन मीनेन्द्र र महेश चाक्सीबारीमा

सभापतिका लागि उम्मेदवारी घोषणा गरेका कांग्रेस नेता प्रकाशमान सिंहलाई फकाउन नेताहरु मीनेन्द्र रिजाल र महेश आचार्य सिंहको निवास चाक्सीबारी पुगेका छन्।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

काठमाडौं– सभापतिका लागि उम्मेदवारी घोषणा गरेका कांग्रेस नेता प्रकाशमान सिंहलाई फकाउन नेताहरु मीनेन्द्र रिजाल र महेश आचार्य सिंहको निवास चाक्सीबारी पुगेका छन्। चौधौं महाधिवेशन सुरु हुनु अघिल्लो दिन प्रकाशमानलाई ‘ब्याक’ गराउन नेताद्वय चाक्सीबारी पुगेका हुन्।

महाधिवेशन सुरु हुन २४ घण्टा पनि बाँकी नहुँदा कांग्रेसको संस्थापक इतर समूहले सभापतिको साझा उम्मेदवार तय गर्न सकेको छैन। उक्त समूहबाट रामचन्द्र पौडेल, प्रकाशमान सि‌ह, शेखर कोइराला र शशांक कोइराला सभापतिका दाबेदार छन्।

अन्य तीनजना लचिलो भए पनि प्रकाशमान भने टसको मस भएका छैनन्। साझा उम्मेदवार तय गर्न नसके देउवालाई हराउन नसक्ने स्पष्ट स्थिति देखिएपछि केही दिनयता पौडेल समूह साझा उम्मेदवार तय गर्ने प्रयासमा छ। 

उता, संस्थापन पक्षबाट भने शेरबहादुर देउवा सर्वसम्मत उम्मेदवार छन्।


प्रकाशित: Dec 09, 2021| 21:25 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...