मंगलबार, वैशाख ९, २०८२

धनगढीका मेयर र उपमेयर कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

धनगढी उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख दुवैले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।
 |  बिहीबार, मंसिर २३, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

vianetvianet

काठमाडौं– धनगढी उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख दुवैले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। नगर प्रमुख नृपबहादुर वडले दलित खुलातर्फ र उपप्रमुख सुशीला मिश्र ‘भट्ट’ ले महिलातर्फ उम्मेदवारी घोषणा गरेका हुन्।

triton college

नगर प्रमुख वडले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरे भने उपप्रमुख मिश्रले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गरेका हुन्। 

विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय नगर प्रमुख वड कांग्रेसका निवर्तमान नगर सभापति हुन्। वडले पार्टीका विभिन्न पदमा रहेर काम गरिसकेका छन्। उनले पार्टी सुदृढ, सशक्त र प्रभावकारी बनाउन आफूले उम्मेदवारी घोषणा गरेको बताए। 

‘उपमहानगरपालिकाको नगर प्रमुख हुँदै गर्दा अप्ठ्यारो परिस्थिति थियो। प्रदेश र संघ सरकार हाम्रो पक्षमा थिएन,’ रिपोर्टर्स क्लबमा भएको पत्रकार सम्मेलनमा नगर प्रमुख वडले भने, ‘त्यो विषम परिस्थितिमा उपमहानगरपालिकालाई देशकै उत्कृष्ट उपमहानगरपालिका घोषणा गराउन सफल भयौं।’

उनले दुई कार्यकाल नगर सभापति हुँदा स्थानीय तहको निर्वाचनमा ८० प्रतिशत जनप्रतिनिधि नेपाली कांग्रेसकै बहुमत निर्वाचित गराउन सफल भएको बताए। उनले कोभिड–१९ महामारीमा देशका सबै जिल्लाका नागरिकलाई नाकामा व्यवस्थापन गरेर गन्तव्यसम्म पुर्याउन सफल भएको बताए। कोभिड–१९ महामारी सफलतापूर्वक व्यवस्थापन गरेका कारण संघीय, प्रदेश सरकारले छनोट गर्दै गर्दा धनगढी उपमहानगरपालिका तीन पटक सम्मानित भएको बताए।

National life insurance

‘हरेक जातजातिको अधिकारका पक्षमा आवाज उठाउँदै सबैको माग, विकासका पक्ष र हरेक समस्याका पक्षमा आवाज उठाउछु,’ नगर प्रमुख वडले भने, ‘सबैलाई सम्मान गर्दै सबैको सल्लाह सुझाव र अग्रजहरुको निर्देशन अनुसार काम गर्नेछु। म कहिँकतैबाट भ्रष्टाचार हुन दिन्न। राजनीति भनेको पैसा कमाउनका लागि होइन। समाजलाई अगाडि बढाउनका लागि हरेक तह र तप्कासम्म अगाडि बढ्ने तथा समाजलाई अगाडि बढाउनका लागि हरेक तह तप्कासम्म अगाडि बढाउनका लागि मेरो उम्मेदवारी हो।’

उनले थपे। ‘मैले सुदूरपश्चिमका हरेक जिल्लाका समस्या बुझेको छु। मैले देशका हरेक प्रदेशका दलित तथा अन्य वर्गहरुको समस्या पनि बुझेको छु। म वर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचन लड्ने तयारीमा छु।’

प्रकाशित: Dec 09, 2021| 17:50 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।