बिहीबार, भदौ ४, २०८३

कांग्रेसको महाधिवेशन उद्घाटन समारोह २ घण्टा चल्‍ने

पाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोह करिब दुई घण्टा चल्‍ने भएको छ। मंसिर २४ गते दिउँसो १ बजे महाधिवेशन उद्घाटन हुने जनाइएको छ।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोह करिब दुई घण्टा चल्‍ने भएको छ। मंसिर २४ गते दिउँसो १ बजे महाधिवेशन उद्घाटन हुने जनाइएको छ। 

उद्घाटन समारोहमा विभिन्‍न राजनीतिक दलका नेताहरु तथा विदेशी पाहुनाहरु सहभागी हुने भएका छन्। मुख्य राजनीतिक दलका नेता विदेशी पाहुनाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

उद्घाटन समारोहमा नेपाली कांग्रेस एप सार्वजनिक हुने जनाइएको छ। त्यसैगरी मतपत्रबाट हुने यो अन्तिम महाधिवेशन हुनेसमेत कांग्रेसले जनाएको छ। 

कार्यक्रम उद्घाटनका लागि भृकुटीमण्डप सजाउने काम भइरहेको छ। 


प्रकाशित: Dec 09, 2021| 15:24 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...