बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस केन्द्रीय समितिको अन्तिम बैठक बहिष्कार गरे रामचन्द्र पौडेलले

कांग्रेस केन्द्रीय समितिको अन्तिम बैठक बहिष्कार गरे रामचन्द्र पौडेलले

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टी केन्द्रीय समिति बैठकमा सहभागी नहुने भएका छन्।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टी केन्द्रीय समिति बैठकमा सहभागी नहुने भएका छन्। १४ औं महाधिवेशन सुरु हुने अघिल्लो दिन बिहीबार पार्टी मुख्य कार्यालय सानेपमा बस्न लागेको बैठक पौडेलले बहिष्कार गरेका हुन्।

बैठकमा आफू सहभागी नहुने सन्देश पार्टी सभापति शेरबहादुर देउवालाई पठाइसकेको बताइएको छ। भोलि शुक्रबार सुरु हुने १४ औं महाधिवेशनले नयाँ केन्द्रीय समिति निर्माण गर्ने भएकाले आज बस्ने बैठक अहिलेको केन्द्रीय समितिको अन्तिम बैठक हो।

आजको बैठकमा पार्टीमा सहमहान्त्रीको संख्या थप्ने प्रस्ताव पेश हुने बताइएको छ। पौडेलले भने विधान संशोधन नभएकाले सहमहामन्त्री थप्न नमिल्ने बताएका छन्। अहिले कांग्रेसमा ८ जना सहमहामन्त्री हुने व्यवस्था छ। पार्टीमा नेताहरुको व्यवस्थापन गर्न सहमहामन्त्रीको संख्या थपेर १० बनाउने तयारी संस्थापन (देउवा) पक्षको छ। तर, पौडेलले महाधिवेशनको एक दिनअघि विधान चलाउने काम आफूलाई मान्य नहुने बताएका छन्।

प्रकाशित: Dec 09, 2021| 12:56 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...