मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महिला सशक्तीकरणका लागि 'उठ छोरी परिवर्तनका लागि' अभियान

महिला सशक्तीकरणका लागि 'उठ छोरी परिवर्तनका लागि' अभियान

खोटाङका चार किशोरीले महिलाको सशक्तीकरणका लागि 'उठ छोरी परिवर्तनका लागि' अभियान थालेका छन्।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

खोटाङ- खोटाङका चार किशोरीले महिलाको सशक्तीकरणका लागि 'उठ छोरी परिवर्तनका लागि' अभियान थालेका छन्।

जनचेतनाको माध्यमबाट लैंगिक विभेद एवं महिला हिंसा न्यूनीकरणमा टेवा पुर्‍याउने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी २१ वर्षीया 'सुनाखरी' निर्मला आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलकी १९ वर्षीया सुलोचना आचार्य, नेर्पाकी २० वर्षीया यशोदा रिजाल र ऐसेलुखर्क गाउँपालिकाकी २१ वर्षीया रोजिना दमाईले लागि 'उठ छोरी परिवर्तनका लागि' अभियान थालेका हुन्।

महिलामाथि हुने सामाजिक विभेद एवं हिंसाको न्यूनीकरणका लागि चार युवतीले 'म छोरी हो तर कमजोरी होइन' नामक समुह बनाएर १९ मंसिरदेखि कालिका मावि नेर्पाबाट अभियान थालेका हुन्। 

हप्ता दिन वा १५ दिनको अन्तरालमा विभिन्न विद्यालय वा गाउँमा भेला गरेर महिलाको सशक्तीकरणका सवालमा निरन्तर अभियान सञ्चालन गरिने समुहकी 'सुनाखरी' निर्मला आचार्यले बताइन्।

प्रकाशित: Dec 09, 2021| 13:50 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।