बुधबार, असोज २८, २०८३

लेडिज ब्यान्ड भ्यालेन्सियाको 'छोरी' गीत सार्वजनिक

यो संसारको सृष्टिकर्ता नै छोरी हुन्। गीतले छोरीहरूको आवाजहरूलाई बाहिर निकाल्न हौसला दिएको छ।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

काठमाडौं- 'दुनियाँ हो छोरीलाई हेर्ने नजर फेर, छोरीले नि के-के गर्न सक्छ आज हेर' हालै सार्वजनिक भएको गीतको सानो टुक्का हो यो।

लेडिज ब्यान्ड भ्यालेन्सियाको यस गीतले छोरीको मर्म र कर्मलाई बुझाएको छ। छोरी स्वयंमा एक शक्ति हो। छोरी भनेको समाजको गहना हुन्। यो संसारको सृष्टिकर्ता नै छोरी हुन्। गीतले छोरीहरूको आवाजहरूलाई बाहिर निकाल्न हौसला दिएको छ। 

बाबुराम राईको शब्द रचना रहेको 'छोरी' मा कल्यान सिंहले संगीत भरेका छन्। नभ ढुङ्गेलको निर्देशन र अमृत सुनुवारको छायाङ्कनमा बनेको भिडियोलाई प्रवीण श्रेष्ठले सम्पादन गरेका छन्। मोक्षमा भिडियोको पोस्टप्रोडक्सन भएको हो। भिडियोमा भ्यालेन्सिया ब्यान्डका टिएम केसी, पूजा परियार, खुस्बु राणा मगर, दिपा चौधरी र एन्जिला चौधरी रहेका छन्। सार्वजनिक भिडियोलाई टिम भ्यालेन्सियाकै आधिकारिक युट्युब च्यानल बाट हेर्न सकिन्छ। 

भिडियोमा सम्मान स्वरुप देशका केही वरिष्ठ महिला ब्यक्तित्वहरुलाई पनि देखाइएको छ। अनुराधा कोइराला, हिमानी शाह , शृङ्खला खतिवडा, पुष्पा बस्नेत, गौरिका सिंह, अस्मिता आले, मिरा राई, ममता स्थापित, रक्षा राणा, शिरिशा महर्जन र सपना मल्ललाई देखाइएको छ।

प्रकाशित: Dec 09, 2021| 11:39 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।