मंगलबार, असार ३०, २०८३

फेडोल पुरस्कार २०७५ एवं साहित्यिक विमर्श कार्यक्रम सम्पन्न

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठान र सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरको सह आयोजनामा फेडोल पुरस्कार २०७५ एवं साहित्यिक विमर्श कार्यक्रम सम्पन्न भएको छ। 

कार्यक्रममा फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानबाट बर्षेनी प्रदान गरिने फेडोल उत्कृष्ट सिर्जना पुरस्कार २०७५ अक्षर बिम्बहरू पुस्तकका सर्जक मोहन दुवाललाई र फेडोल नव प्रतिभा पुरस्कार ११ वर्षे गायक अधिश्री कसपाललाई प्रदान गरियो।

कार्यक्रमा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे थिए भने, कार्यक्रमको अध्यक्षता फेडोल साहित्य प्रतिष्ठानका अध्यक्ष राममणी ढुङ्गेलले गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि विष्णुविभु घिमिरेले मोहन दुवाल साहित्यका बहुमुखी प्रतिभा भएको र अधिश्री कसपालले सानो उमेरमा गायन क्षेत्रमा उल्लेखनीय कार्य गरेकोले दुवै स्रष्ठा व्यक्तिहरू पुरस्कृत हुन योग्य रहेको बताए।

आफ्ना माता पिताका नाममा पुरस्कार स्थापना गरी नेपाली कला साहित्यको सेवा गर्दै आएका फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ साहित्यकार राममणी ढुङ्गेललाई धन्यवाद ज्ञापन समेत गरे।
 
कार्यक्रमको अध्यक्षता गरेका राममणि ढुगेलले संस्था स्थापना र पुरस्कारका बारेमा स्पष्ट पारेका थिए।
 
कार्यक्रममा स्वागत मन्तव्य फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानका सदस्य खड्ग वहादुर श्रेष्ठले राखेका थिए । सांस्कुतिक संस्थानका तर्फबाट राष्ट्रिय नाचघरका महाप्रवन्धक राजेश थापाले धन्यवाद ज्ञापन समेत गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।