मंगलबार, असार ३०, २०८३

गच्छदारले किन दिए फेरि कांग्रेस छाड्ने चेतावनी?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- कांग्रेस नेता विजयकुमार गच्छदारले फेरि पार्टी छाड्ने चेतावनी दिएका छन्। तत्कालीन फोरम लोकतान्त्रिक र कांग्रेसबीच भएको सहमति कार्यान्वयन नभए एकता भंग गरिदिने चेतावनी उनले दिएका हुन्। 

काठमाडौंमा सोमबार भएको अन्तरक्रियामा उनी आक्रोसित मुद्रामा प्रस्तुत भएका थिए। सहमति कार्यान्वयन नभए देशभरका आफ्ना कार्यकर्ता बोलाएर एकता भंग भएको घोषणा गर्ने उनको चेतावनी थियो।  गच्छदारले भने, “रामजनम चौधरी एउटा चुनाव हार्दैमा ऊ केन्द्रीय सदस्य पनि हुन नसक्ने व्यक्ति कसरी भयो?” यस्तै अवस्था कायम रहे फेरि पनि राष्ट्रिय राजनीतिमा छवि बनाउन आफूलाई कुनै समस्या नभएको उनले बताए।

कांग्रेससँग आफ्नो वान साइडेड लभ भएको दाबी गर्दै गच्छदारले भने, “अब पनि कांग्रेसभित्र भाग पाउन लागि म रुने, कराउने ? एकपटक कांग्रेस छाडेर राष्ट्रिय राजनीतिमा मैले बनाएको व्यक्तित्व छर्लंग छ।” उनले आफू कांग्रेसलाई बलियो बनाउन आएको भए पनि अहिले वेवास्ता गरिएको बताए।
 
चुनावमा एमाले र माओवादीको बहुमत पुग्छ यिनीहरूले साम्यवाद ल्याउँछन् भनेर नै कांग्रेसमा फोरम लोकतान्त्रिक मिलाएको दाबी गर्दै भने, ‘देश जोगाउन भनेर म कांग्रेसमा समाहित भएको हुँ। 

कांग्रेससँग सहमति हुनुभन्दा अघि २०७४ असोज २ गते केपी ओली र प्रचण्डसँग अढाइ घण्टा छलफल भएको थियो। उनले भने, 'कांग्रेसमा एकता हुनुअघि तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता गरेर आफूसँग आए १० बर्ष सत्ता चलाऔं भनेर अफर गरेको थिए। तर मैले मानिनँ। उनीहरूको भित्रि आशय बुझेर म कांग्रेसमा आएको हुँ। माओवादी र एमालेसँग मिलेर चुनाव लडेर अहिले सत्ता सञ्चालन गरेको भए २० लाख कांग्रेसले मलाई सराप्थे। त्यसैले नलागेको हुँ। अब कर्नरमा पार्ने काम नगरियोस् ।'

पार्टी सभापति देउवा र नेता पौडेल उपस्थिति कार्यक्रममा गच्छदारले भने ‘अब पनि सहमति कार्यान्वयन नगरे देशभरका साथिहरुलाई बोलाएर पार्टी एकता गर्ने सहमति त गरेको हो तर भएन भनेर भन्नु परेको छ।

कम्युनिष्ट पार्टीसँग मिलेको भए १० सिटसम्म आँफूले ल्याउने र कांग्रेसले सुनसरी र मोरङमा एक सिट पनि नल्याउने दाबी गरे। उनले कांग्रेसकै कार्यकर्ताले समेत आफूलाई सुनसरीमा भोट नदिएको गुनासो गरे।

उनले सभापतिलाई सबैले 'किङ'को रुपमा मान्नु पर्ने बताए। संविधान निर्माण गर्नुअघि आफ्नै पहलले १६ बुँदे सहमति भएको भन्दै गच्छदारले कांग्रेस कमजोर छ भन्दा भन्दै पनि आफू लोकतन्त्रवादी भएकोले कांग्रेसमा आएको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।