मंगलबार, भदौ २, २०८३

बालिकाको जिब्रो सुन्निएर मुख बाहिर निस्किएपछि...

खोटाङको ऐसेलुखर्क गाउँपालिका-३ ऐसेलुखर्क दिम्मापातेलकी १६ वर्षीया सुस्मा तिवारीको जिब्रो सुन्निएर मुख बाहिर निस्किएको छ।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

खोटाङ- खोटाङको ऐसेलुखर्क गाउँपालिका-३ ऐसेलुखर्क दिम्मापातेलकी १६ वर्षीया सुस्मा तिवारीको जिब्रो सुन्निएर मुख बाहिर निस्किएको छ। सुन्निएर जिब्रोले अस्वभाविक आकार लिएपछि उनलाई  खाना खान र बोल्नसमेत गाह्रो भएको बुवा दिनेश तिवारीले बताए।

उनका अनुसार सुस्मा जन्मेको एक/डेढ वर्षको जिब्रो बढेर बाहिरै निस्कन पुगेको हो। जिब्रोमा देखिएका ससाना बिबिरा बढ्दै जाँदा उनको जिव्रो मुखभरीको बनेको परिवारले जनाएको छ।

उनी स्थानीय त्रिभुवन माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत छिन्। सानैछँदा उपचारका लागि फाप्लु (सोलुखुम्बु) र काठमाडौं पुर्‍याइए पनि रोग पत्ता नलागेको तिवारीले बताए।

मुखबाट बाहिर निस्केको जिब्रोलाई उनले रुमालले ढाक्ने गरेकी छन्। बाहिर निस्केको जिव्रोबाट निरन्तर र्‍याल झर्छ। सुतेको ठाउँमा र्‍यालले सिरानी भिज्ने गरेको छ। उनी घरकी जेठो सन्तान हुन्।

उपचार गर्न आर्थिक अभाव 

सुस्माको उपचारका लागि परिवारलाई आर्थिक समस्या छ। कमजोर आर्थिक अवस्थाका कारण सुस्मालाई सुविधा सम्पन्न अस्पतालमा पुर्‍याएर उपचार गर्न नसकिएको दिनेश बताउँछन्।

उनको उपचारका लागि सुनसरीमा सहयोग अभियान थालिएको छ। पुर्खौली थलो खोटाङ भइ हाल इटहरी बसिरहेका सविन भट्टराई (खत्री) र धुर्व अधिकारीको अगुवाईमा सुस्माको उपचार सहयोग अभियान थालिएको हो।

नोबेल अस्पताल बिराटनगरका डा. आशिषलाल श्रेष्ठको परामर्शमा उनको जिब्रोको उपचारका लागि आर्थिक संकलन अभियान थालिएको अभियान्ता भट्टराईले बताए। 'सुस्माका बारेमा जानकारी भएपछि ५ हजार खर्च पठाएर इटहरीमा बोलायौँ। नोबेलमा लगेर देखायौँ,' भट्टराईले भने, 'डा. आशिषलाल श्रेष्ठले ६/७ लाख खर्च जम्मा गरेर केएमसी लैजाने परामर्श दिनु भएको छ। उपचार गर्दा निको हुने जानकारी पाएका छौँ।' 

सुस्माको उपचारका लागि एक लाख सहयोग जम्मा भइसकेको छ। 

- न्युज कारखाना

प्रकाशित: Dec 09, 2021| 10:07 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।