काठमाडौं– ७१ वर्ष पुरानो संस्कृत भाषा आन्दोलन ‘जयतु संस्कृतम्’ले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालामाथि सरकारले गरेको व्यवहार घोर अलोकतान्त्रिक, अधिनायकवादी भएको बताएको छ ।
संस्थाको विज्ञप्तिमा भनिएको छ, ‘यसबाट संस्कृत विश्वविद्यालयको प्रतिष्ठामा मात्र आँच आएको नभई अन्तर्राष्ट्रिय विद्वत् समुदायमा देशकै प्रतिष्ठामा आघात पुग्न गएको छ ।’ उपकुलपति कोइराला संस्कृत वाङ्मयका अमूल्य निधि वेद, उपनिषद्, पुराण, रामायण, महाभारतको उद्गमस्थलका रूपमा प्रतिष्ठित नेपालभूमिकै प्रतिनिधित्व गर्दै सम्मेलनमा जान लागेको विज्ञप्तिमा उल्लेख छ ।
‘यस दुःखद् र दुर्भाग्यपूर्ण घटनाप्रति क्षोभ प्रकट गर्दै सरकारको असहिष्णु, अविवेकी र पूर्वाग्रही कदमको घोर निन्दा र भ्रत्सना गर्दछौं,’ जयतु संस्कृतम्ले भनेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४