मंगलबार, भदौ २, २०८३

जिपको ठक्करबाट बालकको मृत्यु

ज्यान गुमाउनेमा हिमाली गाउँपालिका-६ धुलाचौरका दुई वर्षीय बालक अंकित रोकाया रहेका छन्।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

काठमाडौं- बाजुरामा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ। ज्यान गुमाउनेमा हिमाली गाउँपालिका-६ धुलाचौरका दुई वर्षीय बालक अंकित रोकाया रहेका छन्।

बुढी नन्दा नगरपालिका-५ का ४० वर्षीय पेमा थापाले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ ज ११६४ नम्बरको जिपले ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। रोकायाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

बुधबार जिपको ठक्करबाट घाइते बालकलाई कोल्टी स्वास्थ्य चौकी लगिएको थियो। जिप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 09, 2021| 09:20 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।