मंगलबार, असार ३०, २०८३

गंगामायाको अनशन तोडाउने प्रयास विफल 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- गंगामाया अधिकारीले अनशन तोड्न अस्विकार गरेकी छिन् । राष्ट्रिय मानव अधिकार आयोगले सोमबार अनशन तोड्न गरेको आग्रह उनले अस्विकार गरेकी हुन् । 

उनले घटनामा संलग्न सबैमाथि कारबाही, श्रीमानको अन्तिम संस्कार र परिवारको व्यवस्थापन नभएसम्म अनसन नोड्ने अडान लिएकी हुन् । घटनालाई सामान्य रुपमा नलिन आग्रह गर्दै उनले माग पूर्णरुपमा पुरा नभएसम्म अनशन नरोक्ने उनले बताएकी छिन् ।

आइतबार मात्रै गंगामायका छोरा कृष्ण अधिकारीको हत्यामा संलग्न मुख्यअभियुक्त मध्येका एक छविलाल पौडेलले सर्वोच्च अदालतमा आत्मासमर्पण गरेका थिए । अदालतको आदेशमा उनलाई आइतबार नै डिल्लीबजार सदरखोरमा पठाइएको छ ।

उनले आत्मासमर्पण गरेपछि गंगामायालाई अनशन तोडाउन सरकारले प्रयास गरेको थियो ।  पौडेललाई जेल चलान गरिए पनि विगतमा जस्तै अदालतबाट छुट्ने आशंका गर्दै गंगामायाले कारवाहीको सुनिश्चितता नभएसम्म अनशन जारी राख्ने अडान लिएकी छन् ।

छोराका हत्या अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गरिएपछि गंगामायाले जेठ १५ देखि वीर अस्पतालमा अनशनरत सुरु गरेकी थिइन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।