मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कृषि ढुवानीका लागि ६ प्रदेशका ४७ सहकारीलाई गाडी प्रदान

कृषि ढुवानीका लागि ६ प्रदेशका ४७ सहकारीलाई गाडी प्रदान

४७ वटा कृषि सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा कृषि ढुवानीका लागि जिप प्रदान गरिएको हो।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

बुटवल- कृषि तथा पशुजन्य उत्पादन ढुवानीका लागि हेफर इन्टरनेशनल नेपालले ६ प्रदेशका सहकारीहरूलाई ढुवानीका लागि अनुदानमा गाडी दिएको छ।

४७ वटा कृषि सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा कृषि ढुवानीका लागि जिप प्रदान गरिएको हो। रुपन्देहीको तिलोत्तमामा बुधबार एक समारोहबीच लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सहकारीका प्रतिनिधिलाई गाडी हस्तान्तरण गरेका हुन्। बजार प्रणाली विकास तथा प्रवर्द्धन गरी उद्यमी किसान वृद्धि गर्ने लक्ष्य सहित करिब २३ लाख रुपैयाँ मूल्यका ढुवानीका साधन वितरण अभियान गरेको हेफर इन्टरनेसनलले जनाएको छ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आर्थिक समृद्धिका लागि कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने भन्दै सवारी साधन सहकारीलाई प्रदानपछि बजारीकरणमा टेवा पुग्ने बताए।

कार्यक्रममा आर्थिक योजना तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रदेशलाई समृद्ध बनाउने अभियानमा सबैसँग सहकार्य गरेर अघि बढ्न सकिने बताए। कार्यक्रममा योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले दिगो विकास लक्ष्य प्राप्ति हुने गरी कृषिलाई पहिलो प्राथमिकतामा राखेर योजनाहरू निर्माण गरिएको बताए।

हेफरका कार्यकारी निर्देशक डा. तीर्थ रेग्मीले मूल्य श्रृंखलामा आधारित बजार प्रणाली विकास तथा प्रवर्द्धन गरी उद्यमी किसानको विकास गर्ने लक्ष्य अनुसार देशभर १ सय ६० संकलन केन्द्र तथा ५ सय २३ शाखा संकलन केन्द्रहरू स्थापना गरी दूध, तरकारी तथा खसीबोकाको बजारीकरण गर्दै आएको बताए।

कार्यक्रममा माओवादी केन्द्रका सचेतक तुलाराम घर्ती, कांग्रेस सचेतक निर्मला क्षेत्री, एमाले सचेतक सरस्वती गौतमलगायतले बोलेका थिए।

हेफरले प्रदेश १ का झापा र मोरङमा ३ वटा, प्रदेश २ को सर्लाहीमा १, महोत्तरीमा १, बाग्मती प्रदेशका चितवनका ३, धादिङका ३, सिन्धुलीका १ तथा नुवाकोटका २ वटा सहकारीलाई सवारी साधन प्रदान गरेको हो।

यसैगरी गण्डकी प्रदेशबाट बाग्लुङगका २, नवपरासीका २, कास्तीका २, लङजुमका १, तनहुँ र पर्वतका १÷१ वटा कृषि सहकारीलाई सवारी साधन प्रदान गरेको हो। त्यस्तै लुम्बिनी प्रदेशका  दाङ १, पाल्पा ७, प्युठान १, बाँके ५, गुल्मी २, कपिलवस्तु १, कर्णाली प्रदेशबाट बर्दियाका ३ र सुर्खेतका २ गरी ४७ वटा सहकारीलाई सवारी साधन प्रदान गरेको हो। किसानले उत्पादन गरेका पशुवस्तु तथा अन्य कृषि उपजको ढुवानी मार्फत ४७ सहकारीमा आबद्ध ४५ हजार किसानहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने हेफर इन्टरनेशनलका कार्यक्रम संयोजक अनन्तराम सिलवालले जानकारी दिए।

पहिलो चरणमा २८ वटा र हाल ४७ वटा गरी जम्मा ७५ वटा सवारी साधन कृषि सहकारीलाई प्रदान गरिएको संस्थाले जनाएको छ।

प्रकाशित: Dec 09, 2021| 07:05 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।