मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हिउँले सडक अवरुद्ध, हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

हिउँले सडक अवरुद्ध, हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

हप्ता दिन अघि सुत्केरी भएर स्वास्थ्यमा समस्या आएपछि डोल्पोबुद्ध गाउँपालिका-६, की २५ वर्षीया छेवाङ गुरुङको बुधबार साँझ हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

डोल्पा- उपल्लो डोल्पाबाट सुत्केरीको उद्धार गरिएको छ। हप्ता दिन अघि सुत्केरी भएर स्वास्थ्यमा समस्या आएपछि डोल्पोबुद्ध गाउँपालिका-६, की २५ वर्षीया छेवाङ गुरुङको बुधबार साँझ हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। 

उनी हप्ता दिन अघि घरमै सुत्केरी भएकी थिइन्। स्थानीय पेमा गुरुङका अनुसार सुत्केरी भइसकेपछि स्वास्थ्यमा समस्या देखिएको र शरीर सुन्निँदै गएपछि उनलाई हेलिकोप्टरमार्फत सुर्खेत पठाएको हो।राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत गुरुङको उद्धार गरिएको हो। व्यवस्थित र सुविधा सहितका अस्पताल, प्रसूति गृह नहुँदा तथा अरु कारणले पनि उपल्लो डोल्पाका अधिकांश महिला घरमै सुत्केरी हुने गरेका छन्।

स्वास्थ्य संस्थामा जान खोजे पनि दक्ष स्वास्थ्यकर्मी नहुने, बिदामा गएको जस्ता समस्या भइरहने स्थानीयको गुनासो छ। हिउँले गाउँ भरी सेताम्य भएको र बाटोसमेत अवरुद्ध भएकाले हेलिकोप्टरबाट उनको उद्धार गरिएको थियो। 

प्रकाशित: Dec 09, 2021| 06:49 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।