सोमबार, फागुन २५, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • हेलिकोप्टर दुर्घटनामा भारतीय सेनाप्रमुख रावत दम्पतीसहित १३ जनाको मृत्यु

हेलिकोप्टर दुर्घटनामा भारतीय सेनाप्रमुख रावत दम्पतीसहित १३ जनाको मृत्यु

'सेनाप्रमुख विपिन राउत उनकी श्रीमती मधुलिका राउतको दुर्घटनामा मृत्यु भएको छ,' भारतीय वायु सेनाले ट्विट गरेको छ।
 |  बुधबार, मंसिर २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २२, २०७८

नयाँदिल्ली- भारतीय सेना प्रमुख विपिन रावत र उनकी मधुलिका रावत सहित १३ जनाको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ। तमिलनाडुको कुन्नुरमा हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा जहाजमा सवार १३ जनाको मृत्यु भएको हो। 

National life

'सेनाप्रमुख विपिन राउत उनकी श्रीमती मधुलिका राउतको दुर्घटनामा मृत्यु भएको छ,' भारतीय वायु सेनाले ट्विट गरेको छ, 'सेनाका अधिकृतहरूलाई सम्बोधन गर्न नीलगिरि हिल्सस्थित स्टाफ कलेजमा उनीहरू जाने क्रममा थिए।' सोही क्रममा हेलिकोप्टर दुर्घटनामा परेको हो।  

हेलिकोप्टरमा १४ जना सवार थिए। एक जनाको भने गम्भीर अवस्थामा उपचार भइरहेको भारतीय सञ्चारमाध्यम एनडीटीभीले उल्लेख गरेको छ। 

हेलिकोप्टरमारक्षा सहायक, सेक्युरिटी कमान्डो र भारतीय वायु सेनाका अधिकारीहरू सवार थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सेना प्रमुख रावतको निधनमा गहिरो दु:ख व्यक्त गरेका छन्। 

प्रकाशित: Dec 08, 2021| 18:56 बुधबार, मंसिर २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।