मंगलबार, असार ३०, २०८३

डा. केसीका यी माग पूरा गर्न ओली तयार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-  अनसनरत डा. केसीका माग पूरा गर्न प्रधानमन्त्री केपी ओली तयार भएका छन्। यस विषयमा विभिन्न माध्यमबाट केसीसँग वार्तासमेत भइरहेको छ।  

१० वर्षसम्म काठमाडौं उपत्यकाभित्र कुनै मेडिकल कलेज खोल्न नपाइने, एउटा विश्वविद्यालयले पाँच वटा मेडिकल कलेजभन्दा बढीलाई सम्बन्धन दिन नपाइने र सीटीईभीटीबाट समेत कुनै स्वास्थ्यसम्बन्धी विषयको सम्बन्धन दिन नहुनेलगायत माग राखेर उनी १६ असारदेखि जुम्लामा आमरण अनशनमा छन्। 

प्रधानमन्त्री ओली सम्बन्धन र कलेज स्वीकृतिबाहेकका विषयमा माग पूरा गर्न तयार रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले नेपाल समयलाई जानकारी दिए। उनका अनुसार सयौं विद्यार्थी पढ्नका लागि विदेश जानुपर्ने अवस्था उत्पन्न भइरहेकाले १० वर्षसम्म उपत्यकामा मेडिकल कलेज खोल्न नपाउने भन्ने माग जायज होइन। ‘सम्बन्धन दिने र कलेज थप गर्नेबाहेकका माग पूरा गर्न प्रधानमन्त्री तयार हुनुहुन्छ, विभिन्न तहमा छलफल भइरहेको छ,’ अर्यालले भने ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।