सोमबार, फागुन १८, २०८२

नागरिकताको माग गर्दै वीरगंजमा प्रदर्शन

जन्मसिद्ध नागरिकता पाइसकेका आमाबुवाका सन्तानहरुलाई २०७२ सालदेखी नै सरकारले विभिन्न बाहाना देखाउँदै वंशजको नागरिकता दिन रोक लगाएपछि नागरिकताको अभावमा अहिले पनि कतिपय युवा जनशक्तिको भविष्य अन्यौल रहेको छ।
 |  बुधबार, मंसिर २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २२, २०७८

पर्सा- जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउनु पर्ने माग गर्दै वीरगंजमा प्रदर्शन गरिएको छ। बुधबार दिउँसो वीरगंजको घण्टाघरबाट नागरिकताबाट वञ्‍चित भएका युवाहरुको समूहले सरकारविरुद्ध प्लेकार्डसहित प्रदर्शन गरेका हुन्। 

जन्मसिद्ध नागरिकता पाइसकेका आमाबुवाका सन्तानहरुलाई २०७२ सालदेखी नै सरकारले विभिन्न बाहाना देखाउँदै वंशजको नागरिकता दिन रोक लगाएपछि नागरिकताको अभावमा अहिले पनि कतिपय युवा जनशक्तिको भविष्य अन्यौल रहेको छ। 

नागरिकताको अभावमा अधिकांश युवाहरु उच्च शिक्षा र रोजगारीबाट समेत बन्चित हुँदै गएको  नागरिकता बिहिन नेपाली समितिको केन्द्रीय संयोजक ईन्द्रजित शाफीले बताए। 

सरकारले युवाहरुको भविष्य बारे वास्ता नगरेकोले आफूहरु राष्ट्रव्यापी रुपमै आन्दोलनलाई अझ उचाईमा पुर्‍याउन लागेको उनको भनाई छ। 

सरकारले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिन बन्देज लगाएको कारण आफ्ना छोराछोरीहरुको जन्म दर्ता बनाउन, स्कुल पढाउन समेत समस्या भइरहेको नागरिकता बिहिन प्रदर्शनकारीहरुले गुनासो गरेका थिए। 

kumari

आफूहरु पढेलेखेर काम गर्ने बेलामा नागरिकता नहुँदा सरकार मातहत वा अन्य निजी कम्पनीमा काम गर्न, बैंकमा खाता खोल्ने जस्ता अनेकौ समस्या झेल्नु परिरहेको नागरिकता बिहिन युवाहरुको दुखेसो छ।

केही महिना पहिलेदेखि नागरिकताबाट बन्चित युवाहरु नेपालको विभिन्न जिल्लाहरुमा प्रदर्शन गर्दै आएका छन्। आमाबुवा दुबैको जन्मसिद्ध नागरिकता भएका सन्तानहरुको वंशज नागरिकता पाउनु पर्ने र आमावुवा मध्ये कोही एक जनाको नागरिकता भएको सन्तालाई अंगकृत नागरिकता पाउनु पर्ने मांग गर्दै वीरगंजमा प्रदर्शन गरिएको हो। 


प्रकाशित: Dec 08, 2021| 16:40 बुधबार, मंसिर २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।