मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानन्यायाधीशलाई दिइएको सुविधा खोस्‍न नेपाल बारको माग

प्रधानन्यायाधीशलाई दिइएको सुविधा खोस्‍न नेपाल बारको माग

विरोध प्रदर्शनका क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको परिवारबाट नै न्यायालयमा विचौलियाको संरक्षण भइरहेको आरोप लगाएका छन्।
 |  बुधबार, मंसिर २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २२, २०७८

काठमाडौं- नेपाल बार एशोसिएशनले बुधबार पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै बुधबार कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका हुन्। 

विरोध प्रदर्शनका क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको परिवारबाट नै न्यायालयमा विचौलियाको संरक्षण भइरहेको आरोप लगाएका छन्। 

उनले प्रमुख राजनीतिक दलहरुलाई भेट्दा पनि सबैले उनको विपक्षमा अभिव्यक्ति दिएकाले प्रधानन्यायधीशको बहिगर्मनले नै न्यायालय शुद्ध हुने बताए। 

अध्यक्ष श्रेष्ठले भने, ‘परिवारबाट नै विचौलियाको संरक्षण गर्ने काम भइरहेको छ, चोलेन्द्र समशेर जबराबाट। यो चोलेन्द्र समशेर जबराको विचौलिया पनलाई रोक्नका लागि विचौलिया रोक्ने संयन्त्र बनाउनको लागि पनि प्रतिवेदन दिएका छन्। तर उनी विचौलिया रोक्नको लागि तयार छैनन्। भ्रष्टाचार रोक्नको लागि तयार छैनन्। विसंगति रोक्नको लागि तयार छैनन्।'

कार्यक्रममा वरिष्ठ अधिवक्ता हरि उप्रेतीले सरकारले तत्काल प्रधानन्यायाधीशलाई दिइरहेको सवारीसाधनको सुविधा र सुरक्षाको सुविधा खोस्नुपर्ने बताए। उनले प्रधानन्यायाधीशले पदअनुसार काम गर्न नसकेको भन्दै अब प्रधानन्यायाधीशलाई सरकारी सुविधा दिइरहनु नपर्ने बताएका हुन्।

उनले अहिले प्रधानन्यायाधीश एउटा मूर्ति जस्तै भएको बताउँदै न्यायमा सक्रिय हुने, न्यायपालिकाको नेतृत्व गर्ने मान्छे मात्रै प्रधानन्यायाधीश हुनसक्ने बताए।

वरिष्ठ अधिवक्ता उप्रेतीले पदीय आचरण अनुसार काम गर्न नसकेको भन्दै प्रधानन्यायाधीश जबरालाई तत्काल राजीनामा दिन दबाब दिएका हुन्। 

प्रकाशित: Dec 08, 2021| 14:55 बुधबार, मंसिर २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।