आइतबार, वैशाख ७, २०८२

शीर्ष नेताकै कारण पदाधिकारीका आकांक्षी अन्योलमा

दोस्रो पुस्ताका नेताहरु उम्मेदवारी दर्ताको समय नजिकिँदासमेत पर्ख र हेरको अवस्थामा बस्नुपर्ने बाध्यता रहेको छ।
 |  बुधबार, मंसिर २२, २०७८
nespernesper

दिलीप प्रकाश कार्की

दिलीप प्रकाश कार्की

बुधबार, मंसिर २२, २०७८

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुरु हुन दुई दिन मात्र बाँकी रहँदा नेताहरु भने अझै प्यानल बनाउन सकेका छैनन्। संस्थापन समूहका नेता शेरबहादुर देउवाले सभापतिमा दोहोरिने घोषणा गरे पनि आफ्नो समूहमा क–कसलाई कुन पदमा राख्ने अन्योल कायमै छ।

triton college

त्यसैगरी संस्थापनइतर पौडेल समूहमा भने सभापतिको नै टुंगो नलाग्दा उम्मेदवारी घोषणा गरेका नेताहरुले पनि आफ्ना गतिविधि अघि बढाउन सकेका छैनन्। उनीहरु सभापति टुंग्याउन आफ्नो नेतृत्वलाई दबाब दिइरहेका छन्। 

संस्थापनमा पदाधिकारी नटुंगिदा सकस

सभापति देउवा उठ्ने भए पनि उनको समूहको अन्य पदाधिकारीको टुंगो लगाउन बुधबार संस्थापन समूहको बैठक बसिरहेको छ। बूढानीलकण्ठस्थित देउवाको निजी निवासमा बसिरहेको बैठकमा देउवाले कुन नेतालाई कता व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल चलाइरहेका छन्।

दोस्रो पुस्ताका नेताहरु उम्मेदवारी दर्ताको समय नजिकिँदासमेत पर्ख र हेरको अवस्थामा बस्नुपर्ने बाध्यता रहेको छ।

देउवा समूहबाट उपसभापतिमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का आकांक्षी देखिएका छन्। त्यसैगरी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका गोपालमान श्रेष्ठलाई पनि उपसभापतिमा नै सेटल गर्न देउवा कसरतमा छन्। महामन्त्रीमा  ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, प्रकाशशरण महत, एनपी साउद र विश्वप्रकाश शर्माले दाबी गरिरहेका छन्। आठ सहमहामन्त्रीका लागि पनि दोब्बर आकांक्षी छन्। 

National life insurance

कृष्ण सिटौलासँग सहकार्य गर्ने रणनीति बनाएका देउवाले सिटौला समूहका नेताहरुलाई पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ। सिटौलाले उपसभापतिसहित केन्द्रीय सदस्य अथवा दुई सहमहामन्त्रीसहित केन्द्रीय सदस्यमा आफ्ना नेताहरुको व्यवस्थापन गर्नुपर्ने माग गरिरहेका छन्। देउवाले सिटौलासँग पनि विभिन्न चरणमा छलफल भइरहेको देउवा समूहकै एक नेताले जानकारी दिएका छन्। 

सभापति देउवालाई आफ्नो समूहका नेताहरुको व्यवस्थापन गर्न निकै सकस देखिएको छ। सरकारको नेतृत्व गरिरहेका देउवालाई नेताहरुको व्यवस्थापन गर्ने ठाउँ रहे पनि महामन्त्रीको टुंगो लगाउन भने उनलाई सबैभन्दा सकस पर्ने देखिन्छ। देउवा समूहमा रहेका प्रवक्ता विश्वप्रकाश शर्माले तीन महिनाअघि नै बीपी स्मृति दिवसको अवसरमा सुन्दरीजलमा पुगेर महामन्त्रीको उम्मेदवारी घोषणा गरेका थिए। उनले सभापति देउवासँगको सल्लाहमा नै उम्मेदवारी घोषणा गरेको बताए पनि उनको उम्मेदवारीबाट देउवा असन्तुष्ट बनेका हुन्। 

सिटौलाले उपसभापतिसहित केन्द्रीय सदस्य अथवा दुई सहमहामन्त्रीसहित केन्द्रीय सदस्यमा आफ्ना नेताहरुको व्यवस्थापन गर्नुपर्ने माग गरिरहेका छन्।

देउवा निकट स्रोतले भन्यो, 'विश्वप्रकाशले सार्वजनिक कार्यक्रम गरेर महामन्त्रीमा उम्मेदवारी घोषणा गरेपछि सभापतिज्यू असन्तुष्ट बन्नु भएको हो।' किन भन्ने प्रश्नको जवाफमा स्रोतले भन्यो, 'महामन्त्रीका लागि टिममा उहाँ (विश्वप्रकाश) भन्दा सिनियर नेताहरुको पनि दाबी गरिरहेको समयमा उम्मेदवारी घोषणा गर्दा समस्या हुनसक्ने कुरालाई पनि ख्याल नपुर्‍याएको भन्दै सभापतिज्यू असन्तुष्ट बन्नु भएको हो।’

देउवा असन्तुष्ट बनेपछि विश्वप्रकाशको बालुवाटार आउजाउको पनि निकै पातलिएको हो। उम्मेदवारी घोषणा गरेकै दोस्रो दिन निधि निवासमा भएको एक पूजामा पनि विश्वप्रकाश सहभागी भएको तस्बिर सार्वजनिक भएको थियो। उक्त तस्बिर सार्वजनिक भएपछि उनी निधि गुटमा प्रवेश गरेको भन्ने चर्चासमेत भएको थियो। यद्यपि हालसम्म विश्वप्रकाश देउवा समूहमा नै छन्। 

त्यसैगरी महामन्त्रीका अर्का दाबेदार एनपी साउदले पनि महामन्त्री अथवा उपसभापतिबाहेकका पदमा प्रतिस्पर्धा नै नगर्ने बताइसकेका छन्। सहमहामन्त्री प्रकाशशरण महत महामन्त्रीका स्वभाविक दाबेदार हुन् भने ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्णा खाण सरकारमा भए पनि आफूहरु महामन्त्रीमा उम्मेदवारी दिने बताइरहेका छन्। यही सकसका कारण देउवा समूहलाई महामन्त्रीको टुंगो लगाउन महाभारत हुने देखिन्छ।

देउवा समूहकै अर्का एक नेताले भने, 'बल्ल आज छलफल सुरु भएको छ। अरु पदमा त चाँडै पनि टुंगिन सक्छ। तर, महामन्त्रीका उम्मेदवाहरु सबै एक से एक भएका कारण समस्या हुने देखिन्छऽ’ उनले हाँस्दै थपे, ’उम्मेदवारी दर्ताको अन्तिम आवर चाहीँ नकट्ला भन्ने लागेको छ।’ 

पदाधिकारीमा आफू कुन पदमा उठ्ने हो भन्ने मेसो नपाउँदा तल्लो तहका नेताहरु अन्योलमा परेका हुन्। उनीहरुले न त खुलेर प्रचारप्रसार नै गर्न पाएका छन् न त महाधिवेशन प्रतिनिधिहरुसँग भोट माग्न नै। देउवा समूहबाट महामन्त्रीकै दाबेदार रहेका एक नेताले भने, ’जसलाई उठाउनु पर्ने हो, त्यसैको नाममा चाँडो सहमति गरेर अघि बढ्नुपर्न हो। ढिलो हुँदा फेरि उम्मेदवारलाई पनि समस्या हुन्छ र यसले टिमलाई नै असर गर्छ।’ तर, अहिले नै कुनै व्यक्तिलाई उम्मेदवार बनाउँदा असन्तुष्ट व्यक्तिले टिम चेन्ज गर्नसक्ने त्रास पनि देउवालाई रहेको छ। 

संस्थापनइरमा सभापतिकै उम्मेदवार टुंग्याउनै सकस

संस्थापन इतर समूहमा भने सभापतिकै उम्मेदवार टुंगो नलाग्दा दोस्रो तहका नेताहरु समस्या पेलानमा परेका छन्। प्रदेश अधिवेशनको नतिजाबाट निराश बनेको संस्थापन इतर समूह दोस्रो तहका नेताहरुकै दबाबमा करिब ६ घण्टा लामो छलफल गरेको थियो। ६ वटा प्रदेशमा भएको अधिवेशनबाट २ वटा प्रदेशमा मात्र नेतृत्व लिन सफल भएपछि संस्थापन इतर पक्ष निराश बनेको हो।

१४ औं महाधिवेशनबाट कुनै पनि हालतमा देउवालाई सभापतिमा दोहोरिन नदिने विषयमा संस्थापन एकमत भए पनि आफ्नो पक्षबाट साझा उम्मेदवार तय गर्न नसकेको संस्थापन इतरको दुई दिने छलफलले एक जना आकांक्षीलाई भने घटाएको छ। सिंहनिवास चाक्सीबारी मंगलबार भएको छलफलपछि भने महामन्त्री तथा सभापतिका आकांक्षी शशांक कोइरालाले सहमतिका लागि आफू ब्याक भएको बताएका छन्। 

सरकारको रक्षामन्त्रीसमेत रहेका रिजाललाई संस्थापनइतरबाट महामन्त्री बनाउने लगभग टुंगो लागेको बताइएको छ।

त्यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार साँझसम्म संस्थापनइतरबाट साझा उम्मेदवारको घोषणा गर्ने भने पनि बुधबार बोलाइएको बैठकमा पनि सभापतिका दाबेदार नै अनुपस्थित भए। रामचन्द्र पौडेल लचिलो देखिए पनि शेखर र प्रकाशमानले भने आफ्नो अडान छोडेका छैनन्। संस्थापनइतर समूहमा साझा उम्मेदवार हुने सम्भावना निकै कमजोर बन्दै गएको छ।

संस्थापनइतर पौडेल समूहबाट गगन थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्। त्यसैगरी महामन्त्रीमा मिनेन्द्र रिजालले पनि आफ्नो दाबी गरे पनि सार्वजनिकरुपमा भने मुख खोलेका छैनन्। सरकारको रक्षामन्त्रीसमेत रहेका रिजाललाई संस्थापनइतरबाट महामन्त्री बनाउने लगभग टुंगो लागेको बताइएको छ। संस्थापनइतरमा सभापति एकजना भएको अवस्थामा अन्य नेताहरुको पावर सेयरिङ र अन्य पदाधिकारीको व्यवस्थानको थप चुनौतीपूर्ण बन्ने देखिन्छ। 

गगन र रिजाल महान्त्री हुने भनिए पनि सभापतिमा दुई जना उम्मेदवार बन्दा पनि कुन नेता कुन समूहमा पर्ने भन्ने टुंगो नभएका कारण दोस्रो तहका नेताहरु थप संकटमा परेका हुन्। संस्थापनइतर समूहका महेश आचार्य, चन्द्र भण्डारी र धनराज गुरुङले उपसभापतिका लागि दाबी गरिरहेक छन्। त्यसैगरी दिलेन्द्र प्रसाद बडु, चित्रलेखा यादवलगायतले पनि पदाधिकारीमा दाबी गरिरहेका छन्।

सभापति नटुंगिदा संस्थापनइतर समूहका उपसभापति, महामन्त्री, सहमहामन्त्रीलगायतका पदाधिकारीका दाबेदारहरु समस्यामा परेका हुन्।

दोस्रो पुस्ताका नेताहरु उम्मेदवारी दर्ताको समय नजिकिँदासमेत पर्ख र हेरको अवस्थामा बस्नुपर्ने बाध्यता रहेको छ। सभापति साझा नहुँदाको अवस्थामा अहिले नै बनाएको समीकरण बिल्कुल फरक हुनसक्ने भएकोले संस्थापनइतर समूहका उपसभापति, महामन्त्री र  सहमन्त्रीका आकांक्षीहरुसँग मौनता साँध्नुबाहेक विकल्प छैन। 

आफ्ना गतिविधिहरुलाई अघि बढाउनुपर्ने, महाधिवेशन प्रतिनिधिहरुलाई भेटर आफ्नो पक्षमा मतदान गर्न ’कन्भिन्स’ गर्नुपर्ने समयमा दोस्रो तहका नेताहरु नै सभापति टुंग्याउन दबाब सिर्जना गर्नुपर्ने बाध्यता छ।

सिटौला समूहमा छैन सजिलो

१३ औं महाधिवेशनमा देउवाको बैशाखी बनेका सिटौलाले हालसम्म आफू सभापति बन्ने कुनै संकेत दिएका छैनन्। तर, जिल्ला र प्रदेश तहका निर्वाचनमा देउवा समूहसँग सहकार्य गरेका सिटौलाले केन्द्रमा पनि त्यही समीकरणलाई दोहोर्‍याउने आँकलन भइरहेको छ। पछिल्लो समय देउवाविरुद्ध संस्थापनइतर पूरा मिल्नु पर्ने भन्दै रामचन्द्र पौडेलले छलफल अघि बढाएका छन्। 

उनले देउवा समूहका जाने विषयमा छलफल गरिरहेको समयमा पौडेलले पनि बुधबार सिटौलासँग भेट गरेका हुन्। सिटौलाले पनि आफ्नो सहजताको खोजी गरिरहेका छन्। सिटौला समूहमा रहेका प्रदीप पौडेलले पनि महामन्त्रीका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। सिटौला एक्लैको शक्ति नपुग्ने भएका कारण उनले कुनै एक समूहसँग सहकार्य गर्नुपर्ने बाध्यता छ। कुन समूहसँग सहकार्य गरेर अघि बढ्ने भन्ने टुंगो नलागेका कारण सिटौला समूहका पौडेल पनि अन्योलमै रहेका छन्। 

कुनै अर्को समूहमा जाँदा प्रदीपले सहमहामन्त्रीमा चित्त बुझाउनुपर्ने अथवा फेरि केन्द्रीय सदस्यमा खुम्चिनुपर्ने अवस्था आउनसक्ने देखिन्छ। त्यसकारण उनले आफ्नो उम्मेदवारी दिने पदको सुनिश्चिता नभएका कारण प्रचारप्रसार र भेटघाटका गतिविधिहरुलाई खुलेर अघि बढाउन सकेका छैनन्।

प्रकाशित: Dec 08, 2021| 15:50 बुधबार, मंसिर २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...