उदयपुर- त्रियुगा नगरपालिका-११ पीजी चोकमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मदन भण्डारी लोकमार्गको पीजी चोकमा पैदल यात्रा गरीरहेका त्रियुगा नगरपालिका- ११ का ५६ वर्षीय कर्ण सुन्दासको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो।
असारीबाट गाईघाट आउँदै गरेको प्रदेश १-०५-००१ प ३५९२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सुन्दास घाइते भएका थिए। उनको न्यूरो हस्पिटल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवत्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।
मोटरसाइकल चालक त्रियुगा नगरपालिका-१३ असारी राई चोकका २९ वर्षीय विरेन राई समेत घाईते भएका छन्। उनको पनि न्यूरो हस्पिटल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।