शनिबार, जेठ ५, २०८१

त्रेता युगको झझल्को दिने विवाहपञ्चमी महोत्सव

विवाहपञ्चमी आउनुभन्दा एक साता अगाडीदेखि नै जनकपुरधाममा रामजानकी विवाहपञ्चमीको तयारी सुरु हुने गर्छ।
 |  बुधबार, मंसिर २२, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

बुधबार, मंसिर २२, २०७८

जनकपुरधाम- विवाहपञ्चमी आउनुभन्दा एक साता अगाडीदेखि नै जनकपुरधाममा रामजानकी विवाहपञ्चमीको तयारी सुरु हुने गर्छ। पछिल्लो वर्ष कोरोनाको  संक्रमणको भयका कारण विवाहपञ्चमी महोत्सवमा त्यस्तो उत्साह देखिएको थिएन। यस वर्ष भने कोरोनाको नयाँ भेरिएण्टको आगमन खबरले समेत विवाहपञ्चमी महोत्सवमा हुने भीडभाडलाई छेक्न सकेको छैन।

triton college

रामजानकीको विवाहका लागि जानकी मन्दिरको प्राङ्गणमै विवाह मण्डप बनाउने तथा सजाउने कार्य चलिरहेको छ। जानकी मन्दिरको प्राङ्गणमा हुने वैवाहिक कार्यक्रमको समयमा हजारौँ श्रद्धालुहरूको सहभागिता हुने गर्छ। त्रेता युगको झ-झल्को दिने विवाहपञ्चमी महोत्सव हेर्नका लागि देश विदेशबाट लाखौ दर्शनार्थीहरू जनकपुरधाम आई पुगेका छन्।

जनकपुरधामस्थित जानकी मन्दिरको प्रांगणमा वैवाहिक कार्यक्रमको प्रत्येक वर्ष आयोजन हुने गर्छ। वैवाहिक कार्यक्रमका लागि छोरीको बिहेका लागि जसरी मण्डप सजाइन्छ ठीक त्यसरी नै राम जानकी विवाहका लागि समेत मण्डप सजाइन्छ।


जनकपुरधामस्थित रहेको जानकी मन्दिरलाई मिथिला दरबारको रुपमा लिइन्छ भने राम मन्दिरलाई अयोध्या दरबारको रुपमा लिइन्छ। जानकी मन्दिर तथा राम मन्दिरलाई बेहुली झैँ विवाहपञ्चमीकालागि सिंगारिएको हुन्छ। 

corrent noodles
Metro Mart
विवाहपञ्चमी महोत्सवको दोस्रो आकर्षण भनेको फूलबारी लिला हो। फूलबारी लिलामा राम जानकीको पहिलो भेट गराइन्छ। 

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले छोरीको बिहेको आयोजन गरिरहेको जस्तै अनुभव गर्ने गरेको प्रतिक्रिया दिए। महन्थ दास बिहेमा माता सीताको पिता राजा जनकको भूमिकामा हुन्छन्।

यता राम मन्दिरका महन्थ राम गिरी पनि राजा दशरथको भूमिका निर्वाह गर्न कुनै कसर बाँकी राख्दैनन्। उनी भन्छन् ‘सीताजस्तो बुहारी पाउने भएपछि हर्ष विभोर हुनु स्वभाविक नै हो।’

त्रेता युगमा अयोध्यानरेश दशरथका पुत्र मर्यादा पुरुषोत्तम भगवान् श्री राम र मिथिलाका  शिरध्वज राजर्षि जनककी पुत्री माता जानकीको विवाह भएको स्मरणमा  साताव्यापी रुपमा मनाईने विवाहपञ्चमीको पहिलो दिन नगर दर्शन विधि गरिन्छ। जसमा राम लक्ष्मणको प्रतीक स्वरूप बनाइएको राम लक्ष्मणलाई जनकपुरधाम नगरदर्शन गराइन्छ।

विवाहपञ्चमी महोत्सवको दोस्रो आकर्षण भनेको फूलबारी लिला हो। फूलबारी लिलामा राम जानकीको पहिलो भेट गराइन्छ। त्रेता युगमा भगवान रामको पहिलो भेट भारतको गिरिजा स्थानमा रहेको गिरिजा माई मन्दिरको प्राङ्गणमा रहेको फूलबारीमा भएको रामायणमा उल्लेख पाइन्छ। यो विधि जानकी मन्दिरकै छेउमै रहेको विवाहमण्डपको फूलबारीमा गर्ने गरिन्छ।

तेस्रो दिन धनुष यज्ञ सम्पन्न हुन्छ। माता सीताले शिवजीको पिनाक धनुषलाई बायाँ हातले उठाएर लिपपोत गरेको देखेर राजा जनक यो धनुषमा प्रत्यंचा चढाउन सक्ने बिर पुरुषसंगै आफ्नो छोरीको बिहे गरि दिने वचन लिएर धनुष यज्ञको आयोजन गरिएको मानिन्छ। त्रेता युगमा सो धनुष यज्ञको आयोजन रंगभूमि मैदान १२ विघामा भएको मानिन्छ। सोही स्मरणमा धनुष यज्ञ विधि सम्पन्न गरिन्छ।

महोत्सवको पाँचौ दिन मटकोर विधि हुन्छ। मटकोर विधिमा माता जानकीको मटकोरका लागि मिथिलाका महिलाहरूले जनकपुरधामकै पवित्र सरोवर  रहेको गंगासागर पोखरीबाट साँझको समयमा मिथिलाको परम्परा अनुसार गीतनाद गाउँदै माटो खनेर ल्याउने गर्दछन्।

महोत्सवको चौथो दिन राम मन्दिरको प्राङ्गणमा हजारोको श्रद्धालुका बिच तिलकोत्सव विधि सम्पन्न हुन्छ। तिलकोत्सवमा जानकी मन्दिरबाट महन्थको पाहुर राम मन्दिरमा पाहुर आउँछ। जहाँ जानकी मन्दिरका महन्थ र राम मन्दिरका महन्थबिच अंकमाल (समधि मिलन) हुन्छ। तिलकोत्सवमा सहभागी महिलाहरु रामजानकीको बिहेका गीतहरु गाउँछन् भने हास्यपरिहासको माहौल समेत हुन्छ पूजारी ऋषिकेश झा बताउँछन्।

जसरी मिथिलामा समधीलाई विभिन्न किसिमको गाली गरिन्छ त्यसरी नै मन्दिरमा समेत दुबै पक्षबाट गाली सहित हस्सी ठट्टा गरिन्छ। राम मन्दिरका महन्थ राम गिरीका अनुसार सम्धी मिलन कार्यक्रममा जानकी मन्दिरका महन्थ, उत्तराधिकारी महन्थ, पूजारीहरू सहभागी हुने गर्दछन् भने राम मन्दिरबाट महन्थ स्वयम, गुठी संस्थानका प्रतिनिधि तथा स्थानीय युवा क्लबका प्रतिनिधिहरू सहभागी हुन्छन्।

महोत्सवको पाँचौ दिन मटकोर विधि हुन्छ। मटकोर विधिमा माता जानकीको मटकोरका लागि मिथिलाका महिलाहरूले जनकपुरधामकै पवित्र सरोवर  रहेको गंगासागर पोखरीबाट साँझको समयमा मिथिलाको परम्परा अनुसार गीतनाद गाउँदै माटो खनेर ल्याउने गर्दछन्। सोही माटोबाट विवाहकालागि वेदी तयार गरिन्छ।

छैठौ दिन आज ऐतिहासिक रंगभूमी मैदानमा स्वयंवर विधि सम्पन्न हुनेछ भने आजै राती वैदिक परम्परा अनुसार वैवाहिक कार्यक्रम सम्पन्न हुनेछ। स्वयम्बरका लागि राम मन्दिर तथा जानकी मन्दिरको डोला रंगभूमि मैदान १२ बिघा पुग्ने गर्छ। स्वयम्बर पछि दूबै मन्दिरको डोला शोभा यात्रा गर्दै जानकी मन्दिर पुग्छ जहाँ वैवाहिक कार्यक्रम हुने गर्छ। रातभरी चल्ने सो वैवाहिक कार्यक्रममा महिलाहरू गीतनाद गाउने गर्छन्।

विवाहपञ्चमीको सातौ दिन भारतको अयोध्याबाट जन्तीको रुपमा आएका साधु सन्तहरूलाई भोजन गराउँदै विदाई गरिन्छ। जसलाई रामकलेवा भनिन्छ। राम कलेवामा बेहुला पक्षबाट आएकाहरूलाई गाली गलौज गर्ने समेत परम्परा रहेको छ।

‘विवाहपञ्चमीलाई व्यवस्थित मात्रै गरियो भने जनकपुरधाम घुम्न आउने पर्यटकहरुलाई राम्ररी स्वागत गर्ने माहौल बनाउन सकियो भने मात्रै पर्यटन क्षेत्रमा नभई जनकपुरधामले आर्थिक रुपमा समेत कायापलट गर्न सक्छ।’

मन्दिरका पूजारीहरू तथा मिथिलाका नारीहरु गीतकै माध्यमले गाली गर्ने गर्छन्। जसले अदभूत वातावरणको निर्माण गर्छ। यस वर्ष अयोध्या निमन्त्रण नपठाइएकोले राम मन्दिरकै पुजारी तथा साधु सन्तहरूलाई सहभागी गराएर यो विधि सम्पन्न गर्ने योजना रहेको महन्थ राम तपेश्वर दास वैष्णवले बताए।

श्रद्धालुका लागि छैन वासस्थल

विवाहपञ्चमीमा बिना कुनै निमन्त्रणको हजारौँ लाखौँ श्रद्धालु तथा पर्यटकहरू जनकपुरधाम पुग्ने गर्छन्। हजारौँ श्रद्धालुहरूको व्यवस्थापन गर्नका लागि वास स्थलको आवश्यक्ता अति नै आवश्यक हुन्छ। यद्यपि ती श्रद्धालु भक्तजनहरूलाई खुल्ला आकाश मुनी नै रात बिताउनु पर्ने बाध्यता देखिएको छ। जनकपुरधाम उपमहानगरपालिका, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद र जानकी मन्दिर स्वयंले यस विषयमा ध्यान नपुर्याउँदा श्रद्धालुहरुका लागि विजोग भएको छ।

मधुवनीबाट पैदल यात्रा गरेर आएका रामनरेश गुप्ताले पहिलेको तुलनामा केही पनि व्यवस्था नगरिएकोमा दुखेसो पोखे। उनले भने ‘पहिले पहिले आउँदा रंगभूमि मैदानमा वासका लागि पाल लगाइएको हुन्थ्यो तर अब के गर्ने विवाह हेर्छु फेरी राती नै पैदल निस्किन्छु।’

यता जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले कुनै पनि तहको सरकारले सहयोग नगरेका कारण व्यवस्थापन फितलो भएको स्वीकार गर्छन्।

रंगभूमि मैदानमा श्रद्धालुहरूको वासका लागि जम्मा एउटा पण्डाल ठड्याइएको छ। जहाँ ४ सय देखि ५ सय श्रद्धालुहरु मात्रै अटाउन सक्छन्।   

विवाहपञ्चमीले धानेको जननपुरधामको पर्यटन 

जनकपुरधामलाई धार्मिक पर्यटनको केन्द्रको रुपमा विकास गर्ने कुरो संघ, प्रदेश र स्थानीय तीनवटै सरकारका प्रतिनिधिहरु पटक पटक वक्तव्य दिने गर्छन्। तर अहिलेसम्म त्यसका लागि आधार तयार पारेको देखिदैन। जबकि बिना कुनै आमन्त्रण कार्ड, बिना कुनै बुलावा प्रत्येक वर्ष सहभागी हुने लाखौ पाहुनालाई मात्रै विवाहपञ्चमी महोत्सवलाई व्यवस्थित गर्न सकियो भने जनकपुरधामको पर्यटनमा ठुलो टेवा पुग्न सक्छ।

अर्थशास्त्री एवं योजना आयोगका सदस्य डा. सुरेन्द्र लाभ भन्छन् ‘विवाहपञ्चमीलाई व्यवस्थित मात्रै गरियो भने जनकपुरधाम घुम्न आउने पर्यटकहरुलाई राम्ररी स्वागत गर्ने माहौल बनाउन सकियो भने मात्रै पर्यटन क्षेत्रमा नभई जनकपुरधामले आर्थिक रुपमा समेत कायापलट गर्न सक्छ।’


जनकपुरधाम आउने पर्यटकहरुका लागि वास स्थल, शौचालय, सफा खाने कुरा नपाएपछि जनकपुरधाम हिन्दु धर्ममा आस्था राख्नेहरुमा समेत यस्तो पवित्र स्थलप्रति वितिृष्णा जाग्ने गरेको होटेल व्यवसायी जीवनाथ चौधरी बताउँछन्।

विवाहपञ्चमीमा एक दिन सहभागी हुनका लागि लाखौ पर्यटक यहाँ पुग्छन् तर ती पर्यटकहरू यहाँको पसल होटेल खासै सामान किन्दैनन्। खाना समेत आफैँ पकाएर खान्छन् यही व्यवस्थापन रह्यो भने आर्थिक रुपमा केही सफलता प्राप्त गर्न नसकिने अर्थशास्त्री लाभको भनाई छ।

प्रकाशित: Dec 08, 2021| 12:27 बुधबार, मंसिर २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।