मंगलबार, असार ३०, २०८३

बन्दका कारण गण्डकी प्रदेशकाे जनजीवन प्रभावित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
पोखरा- गण्डकी प्रदेशको नाम तमुवान मगरात राख्नुपर्ने माग गर्दै गरिएको बन्दका कारण गण्डकी प्रदेशका ११ जिल्लाको जनजीवन प्रभावित भएको  छ । 

तमुवान मगरात संघर्ष समिति र नेपाल आदिवासी जनजाति महासंघले गरेको बन्दले सोमबार बिहानैदेखि त्यस क्षेत्रमा गाडी चलेका छैनन् भने शिक्षण संस्था र कलकारखाना पनि बन्द भएका छन् । पोखरामा बिहानैदेखि वर्षा भएपनि बन्दकर्ताहरु बन्द सफल पारौँ भन्दै  बजारका विभिन्न चोकमा उत्रिएका छन् । 

बन्दका कारण पोखराबाट धौरागिरी बाग्लुङ, मुस्ताङ, पर्वत म्यादी तनहुँ, स्याङजा, लमजुङ, गोरखा र कास्कीकै ग्रामीण भेगका लागि छुट्ने सार्वजनिक गाडी नचल्दा यात्रु मर्कामा परेका छन् । बन्दका कारण पर्यटकले समेत सास्ति पाएका छन् ।

बन्द अहिलेसम्म शान्तिपूर्ण नै रहेको कास्की प्रहरीले जनाएको छ । प्रदेशसभा बैठकले साविक प्रदेश नं ४ को नाम गण्डकी राख्ने प्रस्तावलाई गत शुक्रबार दुई तिहाई बहुमतले पारित गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।