आइतबार, असार २१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • समूह विजेता बन्दै रियल मड्रिड च्याम्पियनसिप लिगको अर्को चरणमा

समूह विजेता बन्दै रियल मड्रिड च्याम्पियनसिप लिगको अर्को चरणमा

मंगलबा राति सम्पन्न खेलमा उसले दोस्रो स्थानको इन्टरमिलानमाथि २-० गोलको जित निकालेको हो।
 |  बुधबार, मंसिर २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २२, २०७८

काठमाडौं- समूह डी को विजेता बन्दै स्पेनिस टिम रियल मड्रिड च्याम्पियन्स लिगको अर्को चरणमा पुगेको छ। मंगलबा राति सम्पन्न खेलमा उसले दोस्रो स्थानको इन्टरमिलानमाथि २-० गोलको जित निकालेको हो।

जितका लागि टोनी क्रुस र मार्को एसेन्सियोले गोल गरेका थिए। क्रुसले पहिलो हाफमा गोल गरे भने एसेन्सियोले खेलको ७९ औं मिनेटमा गोल गर्दै रियललाई जित दिलाए। उनीहरूका लागि रोड्रिगो र ड्यानी कार्भाजलले पास उपलब्ध गराएका थिए।

यो जितसँगै रियलले समूहमा १५ अंक बनाएको छ भने दोस्रो स्थानको एसी मिलानको १० अंक छ। इन्टर मिलान पनि दोस्रो स्थानमा रहँदै लिगको अन्तिम १६ मा पुगेको छ।

खेलको ६४ औं मिनेटमा निकोलो ब्यारेलाले रियलका मिलिटियानोमाथि फल गरेपछि रेफ्रीले ब्यारेलालाई रातो कार्डको दिएका थिए।

प्रकाशित: Dec 08, 2021| 09:15 बुधबार, मंसिर २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।