बुधबार, भदौ १७, २०८३

लिभरपुल बन्यो समूह चरणका सबै खेल जित्ने पहिलो इंग्लिस क्लब

मंगलबार राति एसी मिलानको मैदानमा घरेलु टिमविरुद्ध २-१ गोलको जित निकालेसँगै उसले समूहमा शतप्रतिशत जितको रेकर्ड बनाएको हो।
 |  बुधबार, मंसिर २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २२, २०७८

काठमाडौं- लिभरपुल च्याम्पियन्स लिगमा समूह चरणका सबै खेल जित्ने पहिलो इंग्लिस टिम बनेको छ। मंगलबार राति एसी मिलानको मैदानमा घरेलु टिमविरुद्ध २-१ गोलको जित निकालेसँगै उसले समूहमा शतप्रतिशत जितको रेकर्ड बनाएको हो।

समूह चरणको अन्तिम खेलका लागि प्रशिक्षक योर्गेन क्लोपले टिममा ८ खेलाडी परिवर्तन गरेका थिए। समूह बी  को समूह विजेता बनिसकेको टिमलाई जित दिलाउन मोहम्मद सलाह र डिभोक ओरिगीले गोल गरेका थिए।

यता मिलानका फिकायो टोमोरीले खेलको २८ औं मिनेटमा गोल गरेर घरेलु टिमलाई अग्रता दिलाएका थिए। सो अग्रता सलाहले ३६ औं मिनेटमा तोडे भने ओरिगीले ५५ औं मिनेटमा गोल गर्दै लिभरपुललाई जित दिलाए।

सन् २०१९ को च्याम्पिन्स लिग फाइनलपछि ओरिगीले च्यासम्पियन्स लिगमा पहिलो गोल गरेका हुन्। समूह बी बाट लिभरपुल विजेता बनेको छ भने एथ्लेटिको मड्रिड उपविजेता बनेको छ।

प्रकाशित: Dec 08, 2021| 09:00 बुधबार, मंसिर २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।