मंगलबार, भदौ २, २०८३

लागूऔषध र खुकुरीसहित काठमाडौंबाट चार जना पक्राउ

पोल्यान्ड करिब २ सय ५० ग्राम, गाँजा करिब ६० ग्राम, जरायोको सिङ जस्तो देखिने एक थान टुक्रा र एक थान खुकुरीसहित मंगलबार दिउँसो प्रहरीले चार जनालाई पक्राउ गरेको हो।
 |  बुधबार, मंसिर २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २२, २०७८

काठमाडौं- काठमाडौं महानगरपालिका-१६ पकनाजोलबाट अवैध लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पोल्यान्ड करिब २ सय ५० ग्राम, गाँजा करिब ६० ग्राम, जरायोको सिङ जस्तो देखिने एक थान टुक्रा र एक थान खुकुरीसहित मंगलबार दिउँसो प्रहरीले चार जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा काठमाडौं-१६ पकनाजोल डेरा गरी बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-११ का २२ वर्षीय बुद्ध लामा, २७ वर्षीय विक्रम तामाङ, १८ वर्षीय किशोर र काठमाडौं महानगरपालिका-१७ डल्लु बस्ने काभ्रे तिमाल गाउँपालिका-६ घर भएका मानदेव भन्ने ३३ वर्षीय दोर्जे तामाङ रहेका छन्।

पकनाजोलस्थित उनीहरूको कोठामा लागूऔषध विक्रीका लागि लुकाई राखेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त लागूऔषध र सामान बरामद गरेको हो।

प्रकाशित: Dec 08, 2021| 08:30 बुधबार, मंसिर २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।