मंगलबार, भदौ २, २०८३

स्थानीय तहका १६ सय कर्मचारीको सरुवा [सूचीसहित]

सरकारले एकै पटक स्थानीय तहका १६ सयभन्दा बढी कर्मचारीको सरुवा गरेको छ। अढाई वर्षअघि सेवा प्रवेश गरेका स्थानीय तहका १ हजार ६ सय १३ कर्मचारीको मंगलबार एकैपटक सरुवा गरिएको हो।
 |  बुधबार, मंसिर २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २२, २०७८

काठमाडौं- सरकारले एकै पटक स्थानीय तहका १६ सयभन्दा बढी कर्मचारीको सरुवा गरेको छ। अढाई वर्षअघि सेवा प्रवेश गरेका स्थानीय तहका १ हजार ६ सय १३ कर्मचारीको मंगलबार एकैपटक सरुवा गरिएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनुरोधमा २०७६ सालमा स्थानीय तहका लागि लोकसेवा आयोगले सिफारिस गरेका विभिन्न पदका ९ हजार ४ सय कर्मचारीमध्येबाट सरुवा गरिएको हो।

पठाउने र जाने दुवै स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सहमतिमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ। सरुवाका लागि निवेदन दिनेको संख्या २५ सयको हाराहारीमा रहेकोमा अन्य कर्मचारीको पनि क्रमशः सरुवा गरिने मन्त्रालयले जनाएको छ।

संघीय निजामती ऐनको अभावमा कानुन निर्माण नहुँदा स्थानीय तहका कर्मचारीको सरुवा हुन सकेको थिएन। कर्मचारी व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७७ मन्त्रिपरिषद्बाट पारित गराएर सोही आधारमा सरुवा गरिएको हो।


प्रकाशित: Dec 08, 2021| 07:34 बुधबार, मंसिर २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।