बुधबार, असोज २८, २०८३

रक्तस्रावबाट सुत्केरीको मृत्यु

हिमाली–४ तिथिचौरकी २१ वर्षीया गङ्गा चदारको रक्तस्रावका कारण मंगलबार अकालमा मृत्यु भएको हो।
 |  बुधबार, मंसिर २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २२, २०७८

बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा उच्च रक्तस्रावबाट सुत्केरीको अकालमा मृत्यु भएको छ। हिमाली–४ तिथिचौरकी २१ वर्षीया गङ्गा चदारको रक्तस्रावका कारण मंगलबार अकालमा मृत्यु भएको हो। 

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमकला मल्लका अनुसार घरमै नवजात शिशुलाई जन्मदिएको केही समयभित्रै चदारको मृत्यु भएको हो। चदारका श्रीमान् बिनेले भने, ‘गङ्गा बिहान जङ्गलबाट घाँस काटेर आएकी थिइन्। आउनेबित्तिकै पेट दुख्यो भनिन्, केही समयपछि सुत्केरी भइन् तर, मरेको शिशु जन्मियो।’

चदार दम्पतीको पहिलो सन्तान छोरा छन्। गङ्गा गर्भवती भएको सात महिना भएको र स्वास्थ्यचौकीमा तीनपटक गर्भजाँच गरेको स्वास्थ्य शाखाले  जनाएको छ। जिल्लाका दुर्गम गाउँमा अझै स्वास्थ्यचौकीमा गर्भजाँच गर्न नजाने तथा घरमै सुत्केरी हुने चलन विद्यमान छ। घरमै सुत्केरी भएकी गङ्गालाई रक्तस्रावपछि स्वास्थ्यचौकी नलगीकन झाँक्रीकहाँ लगिएको बताइएको छ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले स्वास्थ्यचौकीमा गर्भजाँच तथा सुत्केरी हुन पालिकाले उच्च प्राथमिकता दिएको बताए।

प्रकाशित: Dec 08, 2021| 07:18 बुधबार, मंसिर २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।