मंगलबार, भदौ २, २०८३

प्रदेश १ मा वर्षाको सम्भावना

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली छ।
 |  बुधबार, मंसिर २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २२, २०७८

काठमाडौं- हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली छ।

दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को पहाडी क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। राति प्रदेश १ र  २ मा आंशिकदेखि सामान्य बदली रहनेछ।

बिहीबार दिउँसो प्रदेश १ मा सामान्य बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भूभागमा पनि बदली रहनेछ। बिहीबार राति प्रदेश १ र २ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रकाशित: Dec 08, 2021| 07:10 बुधबार, मंसिर २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।