मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बजेट दिँदा समस्या समाधान नभए एयरपोर्ट प्रमुख कारबाहीको भागिदार : मन्त्री आले

बजेट दिँदा समस्या समाधान नभए एयरपोर्ट प्रमुख कारबाहीको भागिदार : मन्त्री आले

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन दिवस (आइकाओ डे) नेपालमा पनि मनाइएको छ। मंगलबार नागरिक उड्डयन प्राधिकरणले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन दिवस (आइकाओ डे) मनाएको हो।
 |  बुधबार, मंसिर २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २२, २०७८

काठमाडौं- अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन दिवस (आइकाओ डे) नेपालमा पनि मनाइएको छ। मंगलबार नागरिक उड्डयन प्राधिकरणले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन दिवस (आइकाओ डे) मनाएको हो। 

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले हवाई उडानको क्रममा चराचुरुङ्गीसँग ठोकिएर दुर्घटना हुने क्रम बढेकोमा सबै गम्भीर बन्नुपर्ने बताए। उनले यस्ता घटनाहरू न्यूनीकरण गर्नको लागि मन्त्रालयले के गर्नुपर्छ त्यसको तयार रहेको पनि बताए।

मन्त्री आलेले नेपाल उड्डयन प्राधिकरणको बजेट आगामी सोमबारभित्र पास गर्ने तयारी रहेको बताए। बजेट पास गर्नुपूर्व हवाई सुरक्षाका लागि थप केकेमा बजेट आवश्यक छ त्यसको तयारी गर्न क्यानलाई आग्रह गरे। मन्त्री आलेले सुरक्षाका सबै क्षेत्रमा समानुपातिक रूपमा बजेट छुट्याउने बताए।

उनले भने, ‘ हवाई सुरक्षाको विषय अत्यन्त गम्भीर विषय हो । सरकार हवाई सुरक्षाको मापदण्ड कमी हुन नदिनको लागि काम गरिरहेको छ। क्यानको बजेट २१ गतेभित्र पारित गरेर सबै क्षेत्रमा बजेट छुट्याउने छौं। बजेट छुट्याएपछि पनि मुलुकका ३५ वटा आन्तरिक एयरपोर्टमा भएका समस्या समाधान हुनुपर्छ। यदि सरकारले बजेट दिँदा पनि एयरपोर्टमा समस्या समाधान भएन। समस्या देखियो भने तत्काल एयरपोर्ट प्रमुखलाई कारबाहीको भागिदार बन्नु पर्ने छ।' उनले त्यसका लागि सरकारले बजेट व्यवस्थापन गर्ने बताए।  

बजेट व्यवस्थापन गरेपछि यो भएन त्यो भएन भन्ने अवस्थाको अन्त्य हुनुपर्ने उनले बताए। 'एयरपोर्टको घाँस काट्न ५० लाख चाहिँदैन। त्यसलाई ५ लाख भए पनि काम पुरा हुन्छ। ५ लाखमा हुने कामको लागि ५० लाख रुपैयाँ छुट्याइदैन,’ उनले भने।

मन्त्री आलेले आफूले मन्त्रालय सम्हालेको सुरुको दिनदेखि नेपाल वायुसेवा निगम सुधारमा लागि परेको बताए। अन्तर्राष्ट्रिय विमानस्थलमा हुने ठगी रोक्नको लागि कामदारहरू अगाडि बढाइएको उनको भनाइ छ।

ट्याक्सीमा हुने ठगी रोक्न सरकार आफैले 'फ्री को सटल भ्यान' सञ्चालन तथा श्रमिकको लागि विश्राम स्थलको व्यवस्थासमेत गरेको बताए। नेपाल वायु सेवा निगमलाई निजीकरण गर्ने निगमको प्रस्तावमा सम्पत्तिको मूल्याङकन सही नभएकाले निजीकरण गर्ने प्रस्तावको विषय अन्त्य गरिएको बताए।

प्रकाशित: Dec 08, 2021| 07:02 बुधबार, मंसिर २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।