मंगलबार, असार ३०, २०८३

उपकुलपति कोइरालाले अनुमति नलिएको दाबी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले प्रचलित कानूनबमोजिम विदेश जाने अनुमति नलिएको दाबी गरेको छ । 

मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले उपकुलपति कोइरालालाई क्यानाडामा आयोजित कार्यक्रममा जान रोक लगाएको विषयमा विज्ञप्तिमार्फत सरकारको धारणा सार्वजनिक गर्दै प्रचलित कानूनबमोजिम त्यसरी विदेश जानुपूर्व तालुक मन्त्रालयबाट अनुमति लिनुपर्नेमा कुनै अनुमति नलिएको जनाएको हो । 

कोइरालालाई यही असार २३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गरिएको थियो । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।