काठमाडौं- सुदीप थारु, स्वागता खैजु, युवराज विक र सुमुया देवान युथ एथलेटिक्स च्याम्पियनसिपको आ–आफ्नो उमेरसमूहमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।
यु–१६ को पुरुषमा सुदीप र महिलामा सुष्मा तथा यु–२० को पुरुषमा युवराज र महिला सुमुया सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्। सुमुया बंगलादेशकी हुन् भने बाँकी सबै नेपाली खेलाडी हुन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको यु–२० उमेरसमूहअन्तर्गत १ सय मिटर दौडको पुरुषमा जाजरकोटका युवराज विक (११.०० सेकेन्ड) र महिलामा बंगलादेशकी सुमुया देवान (११.८५ सेकेन्ड), ४ मिटर दौडको पुरुषमा बंगलादेशका जेल्डासर्जिल रसिम खान (५१.६ सेकेन्ड) र महिलामा बंगलादेशकी रुना नस्रत जाहान (१ मिनेट ४ सेकेन्ड), ८ सय मिटर दौडको पुरुषमा कञ्चनपुरका सन्जीव नेपाली (२० मिनेट ०३.९ सेकेन्ड) र महिलामा जुम्लाकी राममाया बुढा (२ मिनेट २६.३६ सेकेन्ड) पहिलो भए।
एथलेटिक्स परिवार, नेपालद्वारा आयोजित प्रतियोगिताको यु–२० हाइजम्पको पुुरुषमा मोरङका सागर यादव (१.६६ मिटर) र महिलामा विजेश्वरीकी मेलिना श्रेष्ठ, सटपुटको पुुरुषमा चितवनका ललित राउन (१०.७० मिटर) र महिलामा दाङकी सुशिला चौधरी (९.६२ मिटर) ले स्वर्ण जिते।
यु–१६ १ सय मिटर दौडको पुुरुषमा वीरगन्जका आदेशकुमार यादव (११.२४ सेकेन्ड) र महिलामा भक्तपुरकी स्वागता खैजु तथा ८ मिटर दौडको पुुरुषमा बाग्लुङका बादल कार्की (२ मिनेट ०७.८४ सेकेन्ड) र महिलामा कालिकोटकी भावनाले शीर्ष स्थान हात पारे।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलगायतले पुरस्कृत गरे।