आइतबार, फागुन २४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • युवा एथलेटिक्समा सुदीप, स्वागता, युवराज र सुमुया सर्वोत्कृष्ट

युवा एथलेटिक्समा सुदीप, स्वागता, युवराज र सुमुया सर्वोत्कृष्ट

यु–१६ को पुरुषमा सुदीप र महिलामा सुष्मा तथा यु–२० को पुरुषमा युवराज र महिला सुमुया सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्। सुमुया बंगलादेशकी हुन् भने बाँकी सबै नेपाली खेलाडी हुन्।
 |  मंगलबार, मंसिर २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २१, २०७८

काठमाडौं- सुदीप थारु, स्वागता खैजु, युवराज विक र सुमुया देवान युथ एथलेटिक्स च्याम्पियनसिपको आ–आफ्नो उमेरसमूहमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।

National life

यु–१६ को पुरुषमा सुदीप र महिलामा सुष्मा तथा यु–२० को पुरुषमा युवराज र महिला सुमुया सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्। सुमुया बंगलादेशकी हुन् भने बाँकी सबै नेपाली खेलाडी हुन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको यु–२० उमेरसमूहअन्तर्गत १ सय मिटर दौडको पुरुषमा जाजरकोटका युवराज विक (११.०० सेकेन्ड) र महिलामा बंगलादेशकी सुमुया देवान (११.८५ सेकेन्ड), ४ मिटर दौडको पुरुषमा बंगलादेशका जेल्डासर्जिल रसिम खान (५१.६ सेकेन्ड) र महिलामा बंगलादेशकी रुना नस्रत जाहान (१ मिनेट ४ सेकेन्ड), ८ सय मिटर दौडको पुरुषमा कञ्चनपुरका सन्जीव नेपाली (२० मिनेट ०३.९ सेकेन्ड) र महिलामा जुम्लाकी राममाया बुढा (२ मिनेट २६.३६ सेकेन्ड) पहिलो भए।

एथलेटिक्स परिवार, नेपालद्वारा आयोजित प्रतियोगिताको यु–२० हाइजम्पको पुुरुषमा मोरङका सागर यादव (१.६६ मिटर) र महिलामा विजेश्वरीकी मेलिना श्रेष्ठ, सटपुटको पुुरुषमा चितवनका ललित राउन (१०.७० मिटर) र महिलामा दाङकी सुशिला चौधरी (९.६२ मिटर) ले स्वर्ण जिते।

यु–१६ १ सय मिटर दौडको पुुरुषमा वीरगन्जका आदेशकुमार यादव (११.२४ सेकेन्ड) र महिलामा भक्तपुरकी स्वागता खैजु तथा ८ मिटर दौडको पुुरुषमा बाग्लुङका बादल कार्की (२ मिनेट ०७.८४ सेकेन्ड) र महिलामा कालिकोटकी भावनाले शीर्ष स्थान हात पारे।

Laxmi sunrise bank
kumari

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलगायतले पुरस्कृत गरे।

प्रकाशित: Dec 07, 2021| 21:06 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।