सोमबार, फागुन २५, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • तालिबानका कार्यवाहक प्रधानमन्त्रीले तोडे मौनता, घानीमाथि भ्रष्टाचारको आरोप

तालिबानका कार्यवाहक प्रधानमन्त्रीले तोडे मौनता, घानीमाथि भ्रष्टाचारको आरोप

तालिबानका कार्यवाहक प्रधानमन्त्री मोहम्मद हसन अखुन्दले मौन तोडेका छन्। उनले आफ्नो नियुक्तिपछि पहिलो पटक मुख खोल्दै पूर्वप्रधानमन्त्री असरफ घानीको सामाजिक सञ्जालमार्फत चर्को आलोचना गरेका छन्।
 |  मंगलबार, मंसिर २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २१, २०७८

काबुल- तालिबानका कार्यवाहक प्रधानमन्त्री मोहम्मद हसन अखुन्दले मौन तोडेका छन्। उनले आफ्नो नियुक्तिपछि पहिलो पटक मुख खोल्दै पूर्वप्रधानमन्त्री असरफ घानीको सामाजिक सञ्जालमार्फत चर्को आलोचना गरेका छन्। 

National life

अफगानिस्तानको राष्ट्रिय रेडियो र टेलिभिजनले शनिबार साँझ मोहम्मद हसन अखुन्दको अडियो भाषण प्रसारण गरेको र उनले अफगानिस्तानका पूर्व राष्ट्रपतिलाई भ्रष्टाचार र कोष हिनामिनाको आरोप लगाएका छन्। 

अफगानिस्तानलाई सम्बोधन गर्दै अखुन्दले घानीले राष्ट्रपति भवनभित्र बैंक स्थापना गरेका आरोप लगाएका हुन्। साधारण तालिबान सैनिकहरूले राष्ट्रपतिको दरबारमा ठूलो मात्रामा नगद भेट्टाएको र जुन घानी भाग्ने क्रममा पछाडि छोडिएको उनले बताएका छन्। 

अखुन्दले कुनै पनि पूर्व सुरक्षाकर्मी, सैन्य कर्मचारी र अधिकारीहरू उनीहरूले घोषणा गरेको सामान्य माफी अन्तर्गत पर्नेसमेत बताएका छन्। यद्यपि अपराध गर्नेलाई भने कानुन अनुसार कारबाही गरिनेसमेत उनले बताएका हुन्। 

महिला अधिकारको बारेमा, उनले तालिबान इस्लामिक कानुन अनुसार महिला अधिकारको सम्मान गर्न प्रतिबद्ध रहेको र पहिलेको प्रशासनभन्दा राम्रो हुनेसमेत विश्वास उनले दिलाएका छन्। उनले तालिबान शासनले अफगानिस्तानमा महिलाहरूलाई स्वतन्त्रता दिने र उनीहरूको अधिकारलाई कसरी मान्यता दिने भन्ने स्पष्टीकरण भने दिएको छैन। 

Laxmi sunrise bank
kumari

गरिबीको बारेमा उनले  तालिबानले राष्ट्रका नागरिकलाई भोको हुन नदिने र मानिसहरूले खानाको लागि व्यवस्था गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। 

मोहम्मद हसन अखुन्द यस आन्दोलनको स्थापनादेखि नै तालिबान शासनका प्रमुख सदस्य थिए। उनले पूर्व तालिबान प्रशासनमा कान्दाहार गभर्नर, विदेश मामिला मन्त्रीको रूपमा काम गरेका थिए। 

मोहम्मद हसन अखुन्द र शेर मोहम्मद अब्बास सानिकजाई संयुक्त राष्ट्र संघको प्रतिबन्धको सूचीमा छन्।

प्रकाशित: Dec 07, 2021| 09:12 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।