काठमाडौं- मणिपाल कलेज अफ मेडिकल साइन्स, पोखराका विद्यार्थी तथा अभिभावकहरूले कलेजमा तालाबन्दी गरेका छन्। चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क भन्दा ६ लाख बढी लिएको भन्दै विद्यार्थी तथा अभिभावकहरूले कलेजमा तालाबन्दी गरेका हुन्।
चिकित्सा शिक्षा संघर्ष अभियानका विद्यार्थी तथा अभिभावकहरूले अनिश्चित कालका लागि तालाबन्दी गरेका हुन्। प्रेस विज्ञप्ती जारी गर्दै विद्यार्थीले तुरुन्तै शुल्क फिर्ता लिन माग गरेका छन्।
‘यस्तो चरम गैरकानूनी लुट तुरुन्तै रोकी बढी लिएको शुल्क फिर्ता गर्न मणिपाल लगायत विभिन्न प्राइभेट मेडिकल कजेज प्रशासनलाई चेतावनी गर्दछौं। र यो विषयमा सम्बन्धित निकायलाई कार्वाही र निकासको निम्ति आग्रह गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ। मणिपाल कलेजले विद्यार्थीहरूलाई जर्बजस्ती आवासमा बस्न बाध्य बनाएको समेत उनीहरूको आरोप छ।