मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मनाङका बाढीपीडितले घर बनाउन साढे पाँच महिनापछि पाए अनुदान

मनाङका बाढीपीडितले घर बनाउन साढे पाँच महिनापछि पाए अनुदान

पूर्ण क्षतिको सूचीमा परेका तालगाउका २२ घरधुरीलाई प्रदेश अर्थमन्त्री रामजी बरालले केही दिन अघि धारापानीमा आएर २/२ लाखको चेक हस्तान्तरण गरेका थिए।
 |  मंगलबार, मंसिर २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २१, २०७८

लमजुङ- मनाङका बाढीपीडितलाई साढे पाँच महिनापछि २ लाख नगद राहत उपलब्ध गराइएको छ। गण्डकी प्रदेश सरकारले २ लाख राहत स्वरुप उपलब्ध गराएको हो। पूर्ण क्षतिको सूचीमा परेका तालगाउका २२ घरधुरीलाई प्रदेश अर्थमन्त्री रामजी बरालले केही दिन अघि धारापानीमा आएर २/२ लाखको चेक हस्तान्तरण गरेका थिए।

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार प्रदेश सरकारबाट ७४ लाभग्राहीका लागि १ करोड ४८ लाख बजेट आएको थियो। प्रदेश विपद् व्यवस्थापन नियमावलीअनुसार १ लाख र हिमाली जिल्लाको हकमा सरकारले विशेष प्रभावित क्षेत्र घोषणा गरेकाले थप १ लाख गरी २ लाख आएको उनले बताए।

उनका अनुसार यो रकम निजी आवास पुनर्निर्माणका लागि हो। संघ सरकार र स्थानीय सरकारको रकम आउन बाँकी रहेको उनले बताए। मन्त्री बरालले भने विशेष प्याकेजका रूपमा बाढीपीडितलाई उक्त रकम प्रदान गरिएको बताए।

नासों गाउँपालिका १ का अध्यक्ष झलकबहादुर गुरुङका गाउँपालिकाभित्रका ८२ घरधुरीमा बाढीपहिरोले क्षति पुर्‍याएको थियो।  यसमा पूर्ण क्षति भएका ४४ घर छन्। आंशिक क्षति तर उच्च जोखिमका १५ घर छन्। आंशिक क्षति न्यून जोखिमका २३ घर छन्। उनका अनुसार वडा १ को तालमा मात्रै ५८ घरमा क्षति पुगेकोमा २३ घरमा पूर्ण क्षति छ।

नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले गाउँपालिकाभित्र पूर्ण क्षति पुगेका लाभग्राहीको संख्या ४४ जना रहेकोमा ३९ जनाले २ लाखका दरले राहत पाएको बताए। ५ जनाको भने केही कागजात अपुग भएको भन्दै नपाएको उनले बताए। उनका अनुसार क्षति भएको ठाउँमा टालटुल गर्न, अस्थायी टहरा बनाउन भन्दै उक्त रकम बाढीपीडितलाई प्रदान गरीएको हो। मनाङमा पुनर्निर्माणका लागि केन्द्रले ६० प्रतिशत, प्रदेशले ३० प्रतिशत र स्थानीय तहले १० प्रतिशत रकम उपलब्ध गराउनेछन्। -न्युजकारखाना

प्रकाशित: Dec 07, 2021| 07:43 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।