मंगलबार, भदौ २, २०८३

लागूऔषध अफिमसहित दुई जना पक्राउ

झापा प्रहरीले प्रतिबन्धित लागूऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ।
 |  मंगलबार, मंसिर २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २१, २०७८

काठमाडौं- झापा प्रहरीले प्रतिबन्धित लागूऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ। मेचीनगर-६ मेचीपुलस्थित इलाका प्रहरी कार्यालय काकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले अफिमसहित दुई जनालाई पक्राउ गरेको हो।

झापा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त पाठकका अनुसार प्रहरीले भारतबाट नेपालतर्फ पैदलै आउँदै गरेको अवस्थामा शंका लागी चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको पञ्जाबस्थित फ्रोजपुर घर भएका २५ वर्षीय केयर सिंह र २५ वर्षीय सुखजित सिंह रहेका छन्। उनीहरूलाई प्लास्टिकको खैनी राख्ने बट्टाभित्र ११ ग्राम अफिम लुकाएर ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

प्रकाशित: Dec 07, 2021| 08:00 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।