कैलाली- कैलाली प्रहरीले बलात्कार मुद्दाका फरार प्रतिवादीलाई १६ वर्षपछि पक्राउ गरेको छ।
सोमबार इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले लम्कीचुहा नगरपालिका–३ बस्ने ४८ वर्षीय गोविन्द खड्कालाई पक्राउ गरेको हो।
२०६२ भदौ १८ गते उनले बलात्कार गरेको भन्दै सर्वोच्च अदालतले उनलाई २०७६ सालमा ८ वर्ष कैद र ५० हजार क्षतिपूर्तिको सजाय सुनाएको थियो। त्यस लगत्तै उनी फरार रहेका थिए।
सोमबार उनलाई पक्राउ गरी बर्दिया जिल्ला अदालतमा पेश गरिएको कैलाली प्रहरीले जनाएको छ।