मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बैतडी जिप दुर्घटना : मृतक संख्या चार पुग्यो, एक जनाको अवस्था गम्भीर

बैतडी जिप दुर्घटना : मृतक संख्या चार पुग्यो, एक जनाको अवस्था गम्भीर

बैतडीमा जिप दुर्घटना हुँदा चा। जनाको मृत्यु भएको छ। दुर्घटनामा थप एक जनाको अवस्था गम्भीर रहेको छ।
 |  सोमबार, मंसिर २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २०, २०७८

बैतडी- बैतडीमा जिप दुर्घटना हुँदा चा। जनाको मृत्यु भएको छ। दुर्घटनामा थप एक जनाको अवस्था गम्भीर रहेको छ।

पाटनबाट सकारका लागि हिँडेको से१ज ८८८ नम्बरको जिप पाटन नगरपालिका-१ सकार खोलामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो। मृतक मध्ये दुई जना नव विवाहित जोडी भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा पाटन-७ कैलपाल माइत भएकी २० वर्षीया मनीषा विक र उनका श्रीमान् २४ वर्षीय प्रेम चुनारा, पाटन नगरपालिका १ सकारका १३ वर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ वर्षीया रमा भट्टराई रहेकाछन्। 

उनीहरू चारै जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए। चुनाराको ठेगाना भने खुल्न नसकेको उनले बताए। 

पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याउँदा चारै जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन्। 

मनीषा र प्रेम १० दिनअघि मात्रै विवाह बन्धनमा बाँधिएका बताइएको छ। उनीहरू घरबाट माइती फर्कंदै गरेको प्रहरीले जनाएको छ।

घाइते मध्ये ४० वर्षीय जानकारी भट्टराईको अवस्था गम्भीर रहेको छ। घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ।  

दुर्घटना साँझ साढे ६ बजेतिर भएको बताइएको छ। जिप ग्रामीण कच्ची सडकमा दुर्घटना भए पनि दुर्घटनाको कारण खुल्न सकेको छैन। चालक फरार रहेकाछन् भने घटनाबारे अनुसन्धान जारी रहेको छ।

प्रकाशित: Dec 06, 2021| 21:00 सोमबार, मंसिर २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।