आइतबार, असार २१, २०८३

यू–१९ साफ च्याम्पियनसिप खेल्ने नेपाली टोलीको विदाइ

साफ यू–१९ महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली टिमको विदाइ गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार खेलाडी, प्रशिक्षक र अफिसियलको विदाइ गरेको हो।
 |  सोमबार, मंसिर २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २०, २०७८

काठमाडौं– साफ यू–१९ महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली टिमको विदाइ गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार खेलाडी, प्रशिक्षक र अफिसियलको विदाइ गरेको हो।

बंगलादेशको ढाकामा डिसेम्बर ११ देखि २२ सम्म हुने च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक हरिओम श्रेष्ठ नेतृत्वमा नेपाली टिम भोलि मंगलबार त्यसतर्फ जानेछ।

बंगलादेश जाने नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले विदाइ गरेका हुन्।  घिसिङसहित एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिस्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङले नेपाली खेलाडीको विदाइ गरे।

सो अवसरमा सदस्य सचिव घिसिङले देशको सान उच्चो बनाउन सबै खेलाडीले मेहनत गर्नुपर्ने बताए। उनले हरेक नेपालीले च्याम्पियनसिप हेर्ने भएकाले नेपाली सबैको साथ खेलाडीसँग भएको बताए।

एन्फा अध्यक्ष शेर्पाले यू १९ टिम पूरा शक्ति लगाएर तयार गरेको बताए। उनले ४ वर्ष अघि महिला खेलाडी नै नपाउने स्थितिमा अहिले धेरै खेलाडी जन्मिएको बताए। उनले नयाँ विदेशी टिम ल्याएर नेपालमा मैत्रीपूर्ण खेल गराउने योजना भइरहेको बताए। च्याम्पियनसिप खेल्ने नेपाली टिमको अन्तिम टोली घोषणा हिजो आइतबार भएको थियो।

नेपाली टोलीः

सलोनी राना मगर, सबिना चौधरी, मञ्जुकुमारी खड्का, हिमा रावत, प्रतिक्षा चौधरी, सुष्मा तामाङ, रोजिना श्रेष्ठ, रजनी थोकर, बिमला बिके, रश्मी कुमारी घिसिङ, सदिपा भोलान, चन्द्र भण्डारी, खुस्मा राई, दीपा शाही, कुसुम खतिवडा, सविता राना मगर, सरस्वती हमाल, प्रीति राई, अमिषा कार्की र मेनुका कुमारी आले मगर

गोलकिपरः अञ्जना राना मगर, सावित्री किसन र अंकिता राई

प्रकाशित: Dec 06, 2021| 17:57 सोमबार, मंसिर २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।