आइतबार, असार २१, २०८३

भारतले जित्यो न्युजिल्यान्डविरुद्धको टेस्ट सिरिज

न्युजिल्यान्डविरुद्ध दुई खेलको टेस्ट सिरिज भारतले जितेको छ। पहिलो खेल बराबरी भएको टेस्ट सिरिजको दोस्रो खेलमा ३७२ रनको जित निकाल्दै भारतले सिरिजमा १–० को विजय हासिल गरेको हो।
 |  सोमबार, मंसिर २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २०, २०७८

काठमाडौं– न्युजिल्यान्डविरुद्ध दुई खेलको टेस्ट सिरिज भारतले जितेको छ। पहिलो खेल बराबरी भएको टेस्ट सिरिजको दोस्रो खेलमा ३७२ रनको जित निकाल्दै भारतले सिरिजमा १–० को विजय हासिल गरेको हो।

टस जितेर ब्याटिङ सुरु गरेको भारतका मयंक ग्रवालले पहिलो पारीमा १५० रन बनाएका थिए। जहाँ न्युजिल्यान्डका अजज पटेलले १० विकेट नै गिराएका थिए।  त्यो पारीमा भारतले ३२५ रन बनायो।

पहिलो पारीमा न्युजिल्यान्डले ६२ रन मात्र बनाउन सकेको थियो जहाँ केलियन जयमसनले १७ रन जोडेका थिए। त्यस्तै, भारतका रविचन्द्र अश्विन, मोहम्मद सिरज, अक्षर पटेल र जयन्त यादवले क्रमशः ४, ३, २ र १ विकेट लिएका थिए।

दोस्रो पारीमा मयंकले ६२ रन बनाए भने चेतेस्वर पुजारा र सुभमन गिलले समान ४७ रन बनाएपछि भारतले २७६ रन जोडेको थियो। त्यो पारीमा अजज पटेलले चार र रचिन रवीन्द्रले तीन विकेट लिए।

खेलको अन्तिम पारीमा न्युजिल्यान्ड १६७ रनमा समेटिएपछि भारतले जित निकालेको हो। अन्तिम पारीमा न्युजिल्यान्डका डेरुल मिचेलले ६० र हेनरी निकोलसले ४४ रन बनाएका थिए।

यता भारतका रविचन्द्र अश्विन र जयन्त यादवले समान ४–४ विकेट गिराउँदा अक्षर पटेलले एक विकेट लिए। टेस्टमा भारतले ६०१ रन जोड्यो भने न्युजिल्यान्डले २२९ रन जोड्यो।

प्रकाशित: Dec 06, 2021| 14:17 सोमबार, मंसिर २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।