आइतबार, असार २१, २०८३

कामना सेवा फुटसल कप पुस दोस्रो सातामा

पहिलो संस्करणको कामना सेवा फुटसल कप प्रतियोगिता पुसको ९ र १० गते आयोजना हुने भएको छ।
 |  सोमबार, मंसिर २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २०, २०७८

काठमाडौं–  पहिलो संस्करणको कामना सेवा फुटसल कप प्रतियोगिता पुसको ९ र १० गते आयोजना हुने भएको छ।

कामना सेवा विकास बैंकले बैंक, बिमा तथा विभिन्न वित्तीय संस्थालाई समावेश गर्दै प्रतियोगिता आयोजना गरेको सोमबार जानकारी दिएको हो।

एक कार्यक्रमबीच कामना सेवा विकास बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत (सिइयो) प्रविन बस्नेतले प्रतियोगिताको औपचारिक रूपमा घोषणा गरे। सञ्चालक सुवेदीले बैंक तथा वित्तीय संस्थाका कर्मचारीको स्वास्थ्यको प्रवर्द्धन गर्न र खेलमैत्री वातावरण निर्माणका लागि फुटसल आयोजना गर्न लागिएको बताएका छन्।

प्रतियोगितामा बैंक तथा इन्स्योरेन्स गरी १५ बढी टिमले सहभागिता जनाउनेछन्। लिग कप नकआउटका आधारमा सञ्चालन गरिने प्रतियोगिता काठमाडौंको कालोपुलस्थित धन्यन्तरी फुटसल मैदानमा हुनेछ।

प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन र सञ्चालन खेलपाटीले गर्नेछ भने प्राविधिक सहयोग अखिल नेपाल फुटबल संघ (एन्फा)को फुटसल कमिटीको रहनेछ।

कामना सेवाका ब्राण्डिब अफिसर प्रसन्न श्रेष्ठले प्रतियोगितामा सहभागी हुन इच्छुक संस्थाले पुस २ गतेसम्म टिम दर्ता गर्न सक्नुपर्ने बताए। उनले पहिला आउने टिमलाई दर्ता प्रक्रियामा प्राथमिकतामा राखिने उल्लेख गरे।

प्रकाशित: Dec 06, 2021| 14:11 सोमबार, मंसिर २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।