शुक्रबार, चैत ६, २०८२

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि पाँच जनाको नाम सिफारिस

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्तिका लागि सरकारले गठन गरेको सिफारिस समितिले पाँच जनाको नाम सिफारिस गरेको छ।
 |  सोमबार, मंसिर २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २०, २०७८

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्तिका लागि सरकारले गठन गरेको सिफारिस समितिले पाँच जनाको नाम सिफारिस गरेको छ।

National life

बोर्डको अध्यक्षका लागि छनोट सम्बन्धी कार्यविधि, २०७८ बमोजिम सिफारिस समितिले डा. महाश्रम शर्मा, प्रा. डा. घनश्याम भट्टराई, प्रा. डा. महानन्द चालिसे, दुर्गाप्रसाद पाण्डे र प्रा. डा. शोभाखर कंडेललाई सिफारिस गरेको हो।

समितिले उम्मेदवारहरूको कार्यविधिको दफा ११ को खण्ड (क) र (ख) का आधारमा मूल्यांकन गरी कार्यविधिको दफा ९ बमोजिम वर्णानुक्रमको आधारमा सूची प्रकाशन गरेको छ। समितिको बैठक र छनौट सम्बन्धी कार्यविधि, २०७८ को दफा ११ बमोजिम अवधारणापत्र र कार्ययोजनाको प्रस्तुतीकरण आगामी पुस १ गते दिउसो २ बजे र अन्तर्वार्ता पुस दुई गते दिनको २ बजे लोकसेवा आयोग, केन्द्रीय कार्यालय, कमलपोखरीमा सञ्चालन गरिने भएको छ।

बोर्डको अध्यक्षका लागि १५ जनाले दरखास्त दिएका थिए। सिफारिस समितिले बोर्डको अध्यक्षका लागि गत कात्तिक २५ गते दरखास्त आह्वान गरेको थियो। यसअघि अध्यक्षका लागि दरखास्त दिएर पूर्वसचिव डा. महाश्रम शर्मा अन्तिम तीनमा परेका पनि थिए। तर, सरकाले प्रा.डा चन्द्रमणि पौडेललाई नियुक्त गरेको थियो।

अध्यक्षका लागि शिक्षा तथा परीक्षाका क्षेत्रमा कम्तीमा १२ वर्षको अनुभव भएका र कुनै पनि राजनीतिक दलको सदस्य नभएको व्यक्तिले दरखास्त दिन पाउने कानुनी व्यवस्था छ। शिक्षा क्षेत्रको अनुभव भने पनि प्राध्यापनमा १२ वर्ष कार्य गरेको कार्यविधिमा उल्लेख छ। बोर्ड अध्यक्षका लागि उमेरको हदबन्दी छैन।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 06, 2021| 13:07 सोमबार, मंसिर २०, २०७८
प्रतिक्रिया दिनुहोस्