मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अध्यक्ष मण्डलले पनि पार लगाउन सकेन राजपाका दुई विधान

अध्यक्ष मण्डलले पनि पार लगाउन सकेन राजपाका दुई विधान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-संघीय संसद् गठन भएको पाँच महिना बित्यो । राष्ट्रिय जनता पार्टी (राजपा)ले भने अहिलेसम्म संसदीय दल गठन गर्न सकेको छैन । 

पाँच महिनापछि पहिलो पटक सोमबार ११ बजेलाई दलको बैठक बोलाइएको उक्त पार्टीका एक नेताले जानकारी दिए । उनका अनुसार सोही बैठकले संसदीय दलको विधान पारित गर्ने भएको छ । 

विधान पारित भएपछि मात्र संसदीय दलको नेता चयन हुनेछन् । दलको नेतामा अध्यक्ष मण्डल संयोजक महन्थ ठाकुर र सदस्य राजेन्द्र महतो आकांक्षी छन् । 

राजपाका सांसद प्रतिनिधिसभामा १७ र राष्ट्रियसभामा दुई जना छन् । १७ जनामध्ये कैलाली– १ का रेशमलाल चौधरीले सपथ लिएका छैनन् । 

राजपाको तीनदिने राष्ट्रिय समितिको बैठकमा पार्टी र दलको विधान मस्यौदामाथि छलफल भएको थियो । तर, त्यसमा निष्कर्ष निस्किन सकेको थिएन । त्यसको जिम्मा अध्यक्ष मण्डललाई दिइएको थियो । 

तर, आइतबार बसेको अध्यक्ष मण्डलको बैठकले पनि त्यसबारे निर्णय दिन सकेन । राष्ट्रिय समिति बैठकमा दुवै विधानका मस्यौदामा संशोधनका लागि सुझाव आएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।