बिहीबार, साउन ७, २०८३

सुकीलाई ४ वर्ष जेल सजाय

वर्माकी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाँय तोकिएको छ। म्यानमारको सैनिक सरकारले नेतृ सूचीलाई सोमबार चार वर्ष जेल सजाँय सुनाएको हो। उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन्।
 |  सोमबार, मंसिर २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २०, २०७८

काठमाडौं- वर्माकी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाँय तोकिएको छ। म्यानमारको सैनिक सरकारले नेतृ सूचीलाई सोमबार चार वर्ष जेल सजाँय सुनाएको हो। उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन्।

उनीमाथि असन्तुष्ट समूहलाई उक्साएको र राष्ट्रिय विपद् कानुनअन्तर्गत सरकारले जारी गरेको कोभिड नियम उल्ल‌ंघन गरेको अभियोग लगाइएको छ। यसबाहेक उनीविरुद्ध ११ आरोप लगाइएको छ। सुकीले आफूमाथि लगाइएका सबै आरोपे अस्वीकार गर्दै आएकी छिन्। 

फेब्रुवरीमा सेनाले कु गर्नुअघि ७६ वर्षीया सुकीले नागरिक सरकारको नेतृत्व गरेकी थिइन्। निर्वाचनमा व्यापक धाँधली गरेको सेनाले आरोप लगाउँदै आएको छ। 

सरकार अपदस्थ गरेपछि उनलाई सेनाले घरमै नजरबन्दमा राखेर विभन्न आरोपमा मुद्दा लगाउँदै आएको थियो। 

प्रकाशित: Dec 06, 2021| 12:36 सोमबार, मंसिर २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।