बिहीबार, चैत १२, २०८२

युरोकप नै बन्यो विश्वकप पनि 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
२१औं संस्करणको विश्वकप फुटबलको सेमिफाइनलमा फ्रान्स, बेल्जियम, इङल्यान्ड र क्रोएसिया पुगेका छन् । यी सबै टोलीले युरोप महादेशबाट विश्वकपमा सहभागीता जनाएका थिए ।

क्वाटरफाइमा पुगेका दक्षिण अमेरिकी टोली ब्राजिल र उरुग्वे विश्वकपबाट बाहिरिएसँगै विश्वकपमा युरोपेली राष्ट्र मात्र रहेका छन् । विश्वकप तथा फुटबलका विज्ञहरुले गरेको अनुमान पनि विफल हुदै जादा यो पटकको विश्वकपले नयाँ इतिहास भने बनाउने निश्चित छ ।

बेल्जियमले ब्राजिललाई २-१ गोलले, फ्रान्सले उरुग्वेलाई २-० गोलले, इङल्यान्डले स्वीडेनलाई २-० गोलले र क्रोएसियाले रसियालाई पेनाल्टी सुटआउटमा ४-३ गोलले पराजित गर्दै सेमिफाइनल पुगेका हुन् । उपाधि दौडमा रहेका बेल्जियम, फ्रान्स, इङल्यान्ड र क्रोएसियामध्ये कुन राष्ट्रले २१औं संस्करणको विश्वकपको उपाधि उचाल्ला ? निकै रोचक बन्दै गएको छ ।

विश्वकप जितेका दुई राष्ट्र

जारी विश्वकपको सेमिफाइनलमा पुर्वविश्वकप जितेका दुई राष्ट्र मात्रै पुगेका छन् । यी दुबै राष्ट्रले आफ्नै माटोमा आयोजना भएको विश्वकपको उपाधि उचालेका थिए । फ्रान्सले सन् १९९८ मा आफैँले आयोजना गरेको विश्वकप फुटबलको उपाधि फाइनलमा ब्राजिललाई ३-० गोलले पराजित गर्दै उचालेको थियो । 

त्यस्तै इङल्याण्डले सन् १९६६ मा आफैँले आयोजना गरेको विश्वकप फुटबलको उपाधि उचालेको थियो । विश्वकपको फाइनल खेलमा इङल्यान्डले जर्मनीलाई ४-२ गोलअन्तरले पराजित गर्दै पहिलो पटक विश्वकपको उपाधि चुमेको थियो । त्यपछि यी दुबै टोलीले अहिलेसम्म विश्वकपको उपाधि उचालेका छैनन् । 

उपाधि दौडमा दुई नयाँ राष्ट्र

यो पटकको विश्वकपको उपाधि दौडमा दुई नयाँ राष्ट्र रहेका छन् । बेल्जियम र क्रोएसियाले अहिलेसम्म विश्वकप फुटबलको उपाधि जितेका छैनन् । त्यसो त, यी दुई टिम अहिलेसम्म फाइनलमा पुगेका छैनन् । बेल्जियम जारी विश्वकप फुटबलमा दमदार प्रदर्शन गर्दै क्वाटरफाइनल सम्मको यात्रामा ठूला राष्ट्रलाई पराजित गरेको छ । 

क्वाटरफाइनलमा बेल्जियमले बलियो टिम ब्राजिललाई २-१ गोलअन्तरले पराजित गरेको हो । त्यसैले यो पटक बेल्जियम इतिहास रच्ने दाउँमा छ ।
त्यस्तै, क्रोएसियाले पनि शानदार प्रदर्शन गर्दै २० वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको हो । यसअघि सन् १९९८ मा क्रोएसिया विश्वकपको सेमिफाइनलमा पुगेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।