काठमाडौं- भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आज सोमबार हुँदैछ। त्यसका लागि बिहान ११ बजे संसदीय सुनवाइ विशेष समितिको बैठक बस्दैछ।
यअसघि ५ मंसिरका लागि सुनुवाइ निर्धारण भए पनि कोरम नपुगेपछि सरेको थियो। १५ सदस्यीय समितिमा अहिले ११ सदस्य रहेका छन्। पाँच जना मात्रै उपस्थित भएपछि बैठक स्थगित गरिएको थियो।
समितिको अर्को बैठक १७ मंसिरमा तय भएको थियो। तर, १७ गतेको बैठकमा पनि कोरम नपुग्ने भएपछि आजका लागि सारिएको थियो।
११ कात्तिमा बसेको मन्त्रिपरिषद्ले भारतका लागि शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई राजदूत सिफारिस गरेको थियो।
समितिले १० दिने उजुरी आह्वान गरेर सुनुवाइका लागि बैठक बोलाए पनि कोरम नपुग्दै सुनुवाइ नै हुन सकेको छैन। संसदीय सुनुवाइले अनुमाेदन गरेपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने संवैधानिक व्यवस्था छ।