काठमाडौं- भारतमा एकै दिन १७ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोन संक्रमित थपिएका छन्।
पछिल्लो २४ घन्टामा राजस्थानमा नौ र महाराष्ट्रमा आठ जनामा ओमीक्रोन पुष्टि भएको छ। योसँगै भारतमा ओमीक्रोनबाट संक्रमित हुनेको संख्या २१ जना पुगेको छ।
भारतमा दक्षिण कोरियाबाट आएका र उनहरूको सम्पर्कमा रहेका व्यक्तिमा ओमीक्रोन देखिएको हो। यसअघि कर्नाटकमा दुई जनामा र गुज्रात तथा दिल्लीमा एक एक जनामा ओमीक्रोन देखिएको थियो।
अहिलेसम्म अमेरिका अस्ट्रेलिया बेलायत नेदरल्यान्डसहित २५ देशमा ओमीक्रोन देखिएको छ।