बुधबार, भदौ १७, २०८३

यू-१९ क्रिकेट प्रशिक्षणमा २० खेलाडी, बुधबारबाट प्रशिक्षण

नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ पुरुष टिमको प्रशिक्षणमा २० खेलाडी बोलाएको छ। क्यानले एसीसी यू–१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगिताका लागि २० खेलाडीलाई क्याम्पमा बोलाएको हो।
 |  सोमबार, मंसिर २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २०, २०७८

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ पुरुष टिमको प्रशिक्षणमा २० खेलाडी बोलाएको छ। क्यानले एसीसी यू–१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगिताका लागि २० खेलाडीलाई क्याम्पमा बोलाएको हो।

यू-१९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको जनाएको छ। टोलीले बुधबारबाट प्रशिक्षण थाल्ने छन्।

एसिया कप युनाइडेट अरब इमिरेट्स (युएई)मा डिसेम्बर २० देखि जनवरी २ तारिखसम्म हुने तालिका रहेको छ।

एसिया कपमा नेपालसँगै आयोजक युएई, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र कुवेतको सहभागिता रहने छ।

बन्द प्रशिक्षणमा परेका खेलाडी

देव खनाल, मोहमद हुसेन, वसिर अहमद, सन्तोष कार्की, विवेक यादव, विवेक राना मगर, तिलकराज भण्डारी, सोनु अन्सारी, दिपेश कँडेल, अर्जुन यादव,कमल परियार, अनुजकुमार चुनारा, प्रकाश जैसी, बसन्त कार्की, अर्जुन साउँद, शेर मल्ल, राहुल भण्डारी, गुलशन झा, विपिन शाही र आदील अन्सारी

प्रकाशित: Dec 06, 2021| 08:49 सोमबार, मंसिर २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।