काठमाडौं-सन् १९३० देखि उरुग्वेबाट शुरु भएको विश्वकप २०१८ सम्म रुसमा आईपुग्दा विश्वकपका २१ संस्करण पुरा हुदैछन् । यिनै विश्वकपका खेलहरुमा विभिन्न खेलाडीले विभिन्न तथ्य तथा रोचक पक्षहरुको रेकर्ड बनाएका छन् । जुन अहिले सम्म कसैले पनि तोड्न सकेको छैन ।
एकै खेलमा धेरै गोल गर्ने खेलाडी
रुसी स्ट्राइकर ओलेग सालेन्कोले सन् १९९४ को विश्वकपमा क्यामरुन विरुद्धको खेलमा ५ गोल गरेका थिए । जुन अहिलेसम्मकै एकै खेलमा एकै खेलाडीले गरेको उच्च गोल हो । सालेन्कोको ५ गोलको मदतले रुसले क्यामरुनविरुद्ध ६-१ विजयी भएको थियो ।
धेरै गोल भएको खेल
विश्वकपको इतिहासमा एउटै खेलमा धेरै गोल भएको खेल हङगेरी र एल साल्भाडोरबीचको हो । सन् १९८२ मा स्पेनमा भएको विश्वकपमा हङगेरीले साल्भाडोरविरुद्ध १० गोल गरेको थियो । जुन विश्वकपमा अहिलेसम्म तोडिन सकेको छैन ।
एउटा विश्वकपमा धेरै गोल गर्ने खेलाडी
कुनैपनि विश्वकप सुरु हुदा गोल्डेन बुट कसले पाउछ भनि फुटबल विज्ञहरुले अनुमान लगाउने लगाउने गर्दछन् । कुनै पनि विश्वकपमा जसले धेरै गोल गर्यो त्यसैले गोल्डेन बुट पाउने गदर्छ । यस्तो एकै विश्वकपमा धेरै गोल गर्ने किर्तीन फ्रान्सका स्ट्राइकर जस्ट फोन्टेनीको नाममा रहेको छ । उनले १९५८ मा स्वीडोमा भएको विश्वकपमा ६ खेल खेल्दै १३ गोल गरेर रेकर्ड कायम राखेका छन ।
विश्वकपमा अहिलेसम्मका धरै गोलकर्ता
विश्वकपको २१ औं संस्करण सम्म पुग्दा धरै खेलाडीले गोल गरे होलान् । तर अहिलेसम्म सबै भन्दा धेरै गोल गर्ने खेलाडीमा जर्मनीका मिरास्लोभ क्लोस छन् ।
उनले चार विश्वकप (२००२, २००६, २०१० र २०१४) का २४ खेलमा सहभागीता जनाउदै १६ गोल गरेका छन् । उनी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।
त्यसपछि ब्रजिलियन स्ट्राइकर रोनाल्डो १५ गोल गर्दै दोस्रो स्थानमा छन् । तीन विश्वकप खेल्दा रोनाल्डोले १९ खेलमा १५ गोल गरेका थिए ।
सर्वाधिक छिटो गोल
विश्वकपको इतिहासमा सर्वाधिक छिटो गोल कसले गरेको होला भनेर जान्नका लागि धेरैलाई कौतुहल होला । सन् २००२ को विश्वकपमा टर्कीका हाकान सुकुरले खेल शुरु भएको ११ सेकेण्डमा गोल गरेका थिए । दक्षिण कोरीया विरुद्धको त्यो गोल विश्वकपको इतिहासमा सबै भन्दा छिटो भएको गोल हो ।
सर्वाधिक छिटो रातो कार्ड
सोचौ त विश्वकपमा छिटो रेड कार्ड पाउने खेलाडी को होला ? यो विश्वकपको दुर्लभ किर्तीमान हो । तर, उरुग्वेका डिफेन्डर जोस बाटिस्टाको यस्तो दुर्लभ किर्तीमान विश्वकप इतिहासमा छ । उनले स्कटल्याण्डविरुद्धको खेलमा मात्र ५६ सेकेण्डमा रातो कार्ड पाएका थिए । जुन अहिलेसम्म कायमै छ ।
तर, जारी विश्वकपमा एक नयाँ विश्वकप रेकर्ड बन्ने पक्का छ । त्यो हो आत्मघाती गोल संख्या । आजसम्म आयोजित विश्वकप मध्ये १९३४, १९५८, १९६२ र १९९० को विश्वकपमा मात्र आत्मघाती गोल भएको छैन् ।
फ्रान्समा भएको विश्वकप १९९८ मा यसअघिको सबैभन्दा बढी आत्मघाती गोल भएको मानिन्छ । त्यो बेला ६ आत्मघाती गोल भएको थियो । तर, यसपालीको विश्वकपमा भने अझै ४ खेल बाँकी रहदा सम्म ११ आत्मघाती गोल भैसकेका छन् । यो नै अहिले सम्मकै सर्वाधिक आत्मघाती गोल संख्या हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४